समाचार

५० प्रतिष्पर्धीलाई उछिन्दै सुचिना बनिन भिजन आईडल

 
नेपालगन्ज : आईतवार ४ भदौ २०७४ / भिजन टेलिभिजन नेपालगन्जद्धारा आयोजित नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको बिजेता नेपालगन्जकी सुचिना राना बनेकी छिन । 
शुक्रवार देखी शुरु भएको नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगितामा ५० बढि प्रतिष्पर्धीहरुलाई पछी पार्दै सुचिना प्रथम बनेकी हुन । प्रथम भएसंगै उनले नगद ५० हजार रुपैया हात पारेकी छिन । 
प्रतियोगितामा खजुराकी संप्रिया खड्का द्धितिय, मनिकापुरकी अञ्जु गुरुगं तिर्तिय र खजुराका समिक्षा थापा र करिमा गुरुगं सान्त्वना भएका छन । द्धितिय,तिर्तिय र सान्त्वना हुने प्रतियोगिले क्रमस ३० हजार २० हजार र १० हजार रुपैपां प्राप्त गरेका छन । शुक्रवार र शनिवारको अडिसनबाट छनोट भएका २२ जना कलाकारहरुका बिचमा आईतवार फाईनल प्रतिष्पर्धा गरिएको थियो । 
प्रतियोगिता पछि भएको समापन समारोहमा बोल्दै प्रतियोगिताका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालकिाका उपप्रमुख उमा थापा मगरले यस प्रकारका प्रतियोगिताले कलाकारहरुमा उर्जा थप्नुका साथै प्रतिभाबान कलाकारहरुको उजागर गर्ने बताउनुभयो । कला सँस्कृतिको क्षेत्रमा भिजन टेलिभिजनले महत्वपुण भुमिका निर्बाह गरेको बताउँदै कला र सँस्कृति संगसंगै आम जनताको पक्षमा समाचार तथा कार्यक्रम प्रसारणका लागी सुझाब दिनुभयो । 
समापन समारोहमा नेपाल आभुषण भण्डारका जमिल अहमद जसगढ, लिटिल हंगरका पियुस गुप्ता, कुमार एण्ड ब्रदर्शका उपकार टण्डन भिजन सामुदायिक सञ्चार सहकारी सँस्था लिमिटेडकका अध्यक्ष प्रहलाद बहादुर कार्कि, किचनहट प्रालीका प्रबन्ध निर्देशक संजय सिंह, कैलपाल एकेडेमीका रेवति सिंह लगाएतले पुरुस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो । 
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal