समाचार

सशस्त्र प्रहरी द्धारा बेतहनीमा निःशुल्क स्वास्थ्य शिविर

 

नेपालगन्ज : शुक्रवार २ भदौ २०७४ / बाढी आएपछि विरामी पर्न थालेका बाँके बासीहरुलाई स्वास्थ्योपचार दिन सशस्त्र प्रहरी बलले आज डुडुवा गाउँपालिकाको वडा नं. २ बेतहनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाण्डौबाट आएको बिभागीय चिकित्सक डा.निषिता पाठक र डा.सन्तोष बजगाईं लगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । सशस्त्र प्रहरी बलद्धारा बाँके जिल्लाका बाढी पीडित नागरिकहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । शिविरमा ३ सय ७२ जनाले उपचार गराएको बीओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र कुँवरले बताउनु भयो । अपरान्ह ४ बजेसम्म चलेको एकदिने शिविरमा झाडापखाल, रुघाखोकी, ज्वरो आउने, पेट र टाउको दुख्ने, छाला र आँखा पाकेका अधिकाँश विरामी भेटिएकाले तिनीहरुको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि प्रदान गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal