समाचार

भिजन टेलिभिजनको तिज नृत्य प्रतियोगिता शुरु, पहिलो दिनमा १० जना छनोट

 
नेपालगन्ज : शुक्रवार २ भदौ २०७४ / भिजन टेलिभिजन नेपालगन्जद्धारा आयोजित नेपाल आभुषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको अडिसन बाट १० जना कलाकार फाईनल राउण्डका लागी छनोट भएका छन । 
शुक्रवार सम्पन्न पहिलो दिनको अडिसनमा २५ जना कलाकारहरु मध्येबाट १० जना कलाकार फाईनल राउण्डका लागी छनोट भएको प्रतियोगिताका कार्यक्रम संयोजक तिलक गाउँलेले जानकारी दिनुभयो । 
पहिलो दिनको अडिसनबाट अञ्जु गुरुगं, करिमा गुरुगं,झरना सुनार, समिक्षा थापा, सुचिना थापा, संप्रिया खडका, पुर्णिमा राना, बर्षा शाही, संचिता राना र तुफान खत्रि छनोटमा परेका छन । छनोटमा परेका कलाकारहरुले आईतवार हुने फाईनल प्रतिष्पर्धामा भाग लिनेछन । 
त्यस्तै सुक्रवारै भएको अडिसनबाट वाईल्डकार्ड बाट बर्दियाकी कुशुम पौडेल छनोटमा परेकी छिन । त्यस्तै शनिवार ३० बढि कलाकारहरुको अडिसनका साथमा आमा तिज बिशेस नृत्य पनी हुने गाउँलेले जानकारी दिनुभयो । आमा तिज बिशेस नृत्यमा ८३ बर्ष सम्मका बृद्धाहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । आमा तिज नृत्यमा १० बढि आमाहरुको सहभागिता रहनेछ । 
शनिवार ३० बढि कलाकारहरुबाट १० जना छनोट गरिनेछ । शुक्रवार र शनिवार छनोट गरिएका कलाकारहरुमध्येवाट आईतवार २२ जना कलाकारहरुका बिच फाईनल प्रतिष्पर्धा हुनेछ । फाईनलको अलावा आमा तिज बिशेस नृत्य पनि आईतवार हुने भिजन टेलिभिजनका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले जानकारी दिनुभएको छ । सुक्रवार शुरु भएको प्रतियोगिताको माननिय साँसद आसा बिकले उदघाटन गर्नुभएको हो ।