समाचार

भारत स्वतन्त्र भएको ७० वर्ष पुरा, प्रधानमन्त्री नरेन्द्र मोदीले संवोधन गर्दै

 

मंगलबार ३१ साउन २०७४ / भारतको स्वतन्त्रता दिवस मनाउँदै छ । भारतले स्वतन्त्रता प्राप्त गरेको ७० वर्ष पुगेको अवसरमा बिबिध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेकोे हो । दिवसको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गर्दै राजधानी नयाँ दिल्लीमा हिजोदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दिल्लीका बस पार्क, रेलमार्ग तथा स्टेसनहरु र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ भने दिल्ली गेट वरिपरिका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिवसको अवसरमा संवोधन गर्दै हुनुहुन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको र त्यही दिनलाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ ।