समाचार

पूर्वमा ७३ प्रतिशत मात्र धान रोपाइँ

 

विराटनगर : बुधबार २५ साउन २०७४ / साउन महिना सकिनै लाग्दा समेत यो वर्ष पुर्वमा ७३ दशमलव ८९ प्रतिशतमात्र रोपाई भएको छ । समयमानै पानीनपर्दा ४ लाख ७८ हजार ५ हेक्टरमध्ये हाल सम्म ३ लाख ५३ हजार २ सय ९ हेक्टरमा रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पुर्वि उच्च पहाडी जिल्लाताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ८८ दशमलव७४ प्रतिशतधान रोपाइँ भएको छ । यस्तै मध्य पहाड इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा ८१ दशलव २७ प्रतिशत र तराईको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा७० दशमलव ५८ प्रतिशतधान रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सूचना अधिकृत डा. राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । जुन रुपमा रोपाई हुनुपर्ने थियो वर्षा नभएका कारण रोपाई नहुँदा यो वर्ष उत्पादनमा गिरावट आउने अधिकृत उप्रेतिले बताउनुभयो । अन्न भण्डारण मानिने तराईको झापामा ८२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यही समयमा झापामा झन्डै ९० प्रतिशत धान रोपाइँ भएको उहाँले बताउनुभयो । यस्तै मोरङमा भने ६५ प्रतिशतमात्रै रोपाइँ भएको छ । साउनको अन्तिम र भदौको पहिलो हप्ता सम्ममा २० प्रतिशत धान रोपाइँ हुने अनुमान कार्यालयको रहेको छ । सिंचाइको असुविधा र पर्याप्त वर्षा नहुँदा सिरहामा अहिले सम्ममा ५० प्रतिशतमात्रै धान रोपाइँभएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । तराईमा भदौ पहिलो हप्ता सम्म धान रोप्ने समय भएको कारण ९० प्रतिशत भन्दा बढी धान रोपाइँ हुने अनुमान कृषि कार्यालयको छ । त्यसका लागि पनि पर्याप्त वर्षा हुन आवश्यक छ । पहाडमा भने रोपाई गर्ने सिजन सकिएकोले अब रोपे पनि उत्पादन नहुने सूचना अधिकृत डा. राजेन्द्र उप्रेतीले बताउनुभयो । उहाँले अब पहाडी जिल्लाका किसानले धान खेति गर्न नसकिएका खेतमा पानी कममा पनि हुने अन्य बालि लगाउन सुझाव समेत दिनुभयो ।