समाचार

स्वाइन फ्लुबाट १० को मृत्यु , सरकार भन्छ रोग नियन्त्र बाहिर छैन

 

काठमाडौँ बुधबार २५ साउन २०७४ / स्वाइन फ्लूका कारण १० जनाको मृत्यु भएको छ । पोखराका तीन र झापाका दुई तथा स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं, ललितपुरका एक एक जनाको मृत्यु भएको छ भने ३६१ जनामा एच वान एन वान पीडीएम ०९ को संक्रमण देखिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै यो रोगको संक्रमणबाट बच्न खोक्दा, हाछ्यूँ गर्दा सफा कपडाले मुख छोप्ने, ज्वरो आए नजिकको स्वास्थ्य संस्थामा जाने, भिडभाड हुने ठाउँमा सकेसम्म नजाने लगायतका उपायहरु अपाउनुपर्छ । हात मिलाउनुको सट्टा नमस्कार गर्न सल्लाह दिँदै स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘कठोर अनुशासनमा नबसे महामारीको रुप लिए नियन्त्रण गर्न गाह्रो पर्छ ।’