समाचार

भिजन टेलिभिजनको ५० हजार राषिको नृत्य प्रतियोगिता

 
नेपालगन्ज : आईतबार २२ साउन २०७४ / बाँके बर्दियाको एक मात्र सामुदायिक टेलिभिजन भिजन टेलिभिजन नेपालगन्जले यसपटक आमा तिज बिशेस नृत्य प्रतियोगिताका साथमा दोश्रो खुल्ला तिज गित नृत्य प्रतियोगिता गर्ने भएको छ । 
बिगतका बर्षमा भन्दा यसपटक अझ उत्कृष्ट कार्यक्रम गर्ने उदेश्यका साथ बिगतमा भएको प्रतियोगितालाई निरन्तरता दिदै यसपटक आमाहरुका लागी आमा तिज बिशेस नृत्य प्रतियोगिता पनि गर्न लागीएको भिजन टेलिभिजनका प्रबन्ध निर्देशक श्री राम सिग्देलले जानकारी दिनुभयो । 
बिगतमा गरिएको कार्यक्रमले उत्साही बनाएको उल्लेख गर्दै सिग्देलले पश्चिम नेपालमा कलकारहरुको कलालाई सम्मान गर्ने परिपाटिमा कमी भएकोले कलाकारहरुको उत्साहाका लागी पनि यस प्रकारको कार्यक्रमको आयोजना गर्न लागीएको बताउनुभयो । 
बिगतको तुलनामा खुल्ला नृत्य प्रतियोगितामा पुरुस्कार राषिमा समेत बृदि गरिएको सिग्देलले जानकारी दिनुभयो । सिग्देलका अनुसार नेपाल आभुषण भण्डार सदरलाईन  नेपालगन्जले मुख्य प्रायोजन गरेको प्रतियोगितामा प्रथम हुने प्रतियोगिले ५० हजार द्धितिय ३० हजार, तितिय २० हजार र सान्त्वना १० हजार पुरुस्कार राषि कायम गरिएको छ । नेपालगन्जमा अहिले सम्मकै ठुलो राषिको पुरुस्कारको प्रतियोगिता आयोजना गरिएको पनि सिग्देलले दाबी गर्नुभयो । 
त्यस्तै आमा तिज बिशेस नृत्यमा पनि नगद पुरुस्कारका साथमा आकर्षक गिफट हेम्परहरु राखीएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताका लागी प्रायोजकहरु थपिने क्रम जारी रहेको सिग्देलले बताउनुभयो । खुल्ला नृत्य प्रतियोगिता यहि श्रावण २८ गते देखी ३० गते सम्म अडिसन गरिने भएको छ भने ३१ गते आमा तिज बिशेस नृत्य प्रतियोगिताको अडिसन गरिने कार्यक्रम संयोजन गरिरहनुभएका तिलक गाउँलेले जानकारी दिनुभयो । 
खुल्ला नृत्य तर्फ १ सय जना बढि कलाकारहरुबाट २० जना कलाकार अडिसन राउण्डबाट छनोट गरिनेछ भने ४० बढि आमाहरुबाट १५ जना आमहरुलाई छनोट गरिने छ । छनोटमा परेका कलकारहरुले श्रावण ३२ गतेका दिन राष्ट्रिय कलकारहरुका साथमा फाईनल प्रतिष्पर्धा गर्ने कार्यक्रम संयोजक गाउँलेले बताउनुभयो । फाईनल प्रतिष्पर्धालाई रोचक बनाउनका लागी राष्ट्रिय कलकारहरु पशुपति शर्मा, कोमल ओली, टिका पुन लगाएतका कलकारहरुसंग छलफल भैरहेको प्रबन्ध निर्देशक सिग्देलले जानकारी दिनुभयो । 
प्रतियोगितामा सहभागि हुन चाहने कलाकारहरुले यहि श्रावण २६ गते भित्र फारम भरि सक्नुपर्नेछ । ५ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको भिजन टेलिभिजले प्रतेक दिन प्रत्यक्ष प्रसारण गर्नेछ । प्रतियोगिताको मिडिया पार्टनरका रुपमा दैनिक नेपालगन्ज, रेडियो सदभाव र नेपालगन्ज न्युज डट कम रहेको भिजन टेलिभिजनका समाचार प्रमुख झलक गैरेले जानकारी दिनुभयो ।