समाचार

प्रधानमन्त्रीको गृहनगरमा एमालेका प्यानलै विजयी

 
डडेल्धुरा : बिहिवार १५ अषाढ २०७४ / प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले पहिलो खाता खोलेको छ । अमरगढी नगरपालिका वार्ड नम्वर ११ को अध्यक्षमा एमालेका उम्मेदवार सूर्यप्रकाश खड्काले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मसिंह धानुकलाई १०८ मतान्तरले पराजय गराउनु भएको हो । यो वडामा एमालेका उम्मेदवारहरु प्यानलै विजयी हुनुभएको स्थानीय निर्वाचन अधिकारीको पुष्टि गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले जननकारी दिनुभयो ।