समाचार

रामेछापको लिखु गाउँपालिकामा ३५ सिटमध्ये ३३ सिटमा एमालेको कब्जा

 

बिहिबार ०४ जेष्ठ २०७४ / रामेछापको लिखु गाउँपालिकाको बिहीवार बिहान घोषित मतपरिणाम अनुसार  कुल ३५ सिटमध्ये अध्यक्ष र उपाध्यक्ष सहित ३३ सिटमा एमालेले जितेको छ । लिखु गाउँपालिकाको घोषित मतपरिणाम अनुसार एमालेका गोविन्दबहादुर खड्काले  ४५९५  मत प्राप्त गरी अध्यक्ष पदमा  विजयी भएका छन्  । त्यस्तै, उपाध्यक्षमा एमालेकी दिपशिखा दाहालले ५६०५ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएका छन् ।