समाचार

सवारी दुर्घटनामा गम्भीर घाइते मोहम्मद हुसैन लखनउ रिफर

नेपालगंज : बिहिबार ०४ जेष्ठ २०७४ / नेपालगन्जको प्रहरी तालीम केन्द्र नजिकै भएको सडक दुर्घटनामा मोटर साइकल चालक मोहम्मद हुसैन बेहना गम्भीर घाइते भएका छन्  ।

सफल आटो मोटरका प्रो. राजकुमार गिरिले चलाएको ब ९ च ६६४२ न.को कार र मोहम्मद हुसैन बेहनाले चलाएको भे .४ प .३१३६ न .को मोटर साइकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ९ : ५ बजे भएको सो सवारी दुर्घटनामा गम्भीर घाइते अवस्थामा रहेका घोसीटोल ४ बस्ने मोहम्मद हुसैन बेहनालाई नर्सिङ्ग होममा प्राथामिक उपचारपछि लखनउ रिफर गरिएको नेपालगंज नर्सिङ्ग होमका सहायक निर्देशक डाक्टर रोमन किद्वाईले बताउनु भयो ।

चालक राजकुमार गिरि र ब ९ च ६६४२ न.को कार प्रहरीले नियन्त्रणमा लिएको छ ।