समाचार

नेपालगंजमा कांग्रेसको घरदैलो अभियान

 

नेपालगन्ज : बुधबार ३ जेष्ठ २०७३ / आसन्न जेष्ठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर बाँके कांग्रेसले नेपालगंजमा घरदैलो अभियान गरेको छ । बुधबार नेपालगंजको वडा नं. ९ बाकेगाउ स्थित पार्टीको सम्पर्क कार्यालय देखि घरदैलो अभियान शुरु गरिएको थियो । मन मनमा बीपी , घर घरमा कांग्रेस भन्ने नारालाई लिएर नेपाली कांग्रेस वडा नं. ९ प्रचार प्रसार समितिको आयोजनामा अभियान गरिएको थियो । चन्द्र प्रकाश तिमिल्सेनाको नेतृत्वमा निस्केको ¥याली वडा नं. ९ को पशुपति टोल, खटकन पुरवा, शान्ति नगर, चारवाहीनी रोड, हुलाक रोड हुदैं पुनः सम्पर्क कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा सहभागी टोलीले जनताको घरदैलोमा पुगेर आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन मत मांगेको थियो । घरदैलो अभियानमा नेपाली कांग्रेस बाँके सभापति किरण कोईराला,  महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, डा. सुरेश कनोडिया, माया पुन, माया गुरुङ, नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष निजामुद्दीन सिद्दीकी, नेवि संघकी पुर्व केन्द्रिय सदस्य उमा थापा, अकबर सेख, पुष्पा शुक्ला, शिव कुमार वर्मा लगायत बाँके कांग्रेसका क्रियाशील सदस्यहरु, क्षेत्र नं. ३ का पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।