समाचार

सामुदायिक स्वास्थ्य तथा विकास परियोजनाको अनुगमन

 

नरेन्द्र थापा नेपालगन्ज : बुधबार ३ जेष्ठ २०७३ / आईएनएफ बाँके द्वारा सामुदायिक स्वास्थ्य तथा विकास परियोजना अन्तरगत संचालित कार्यक्रमहरुको अनुगमन गरिएको छ । बाँकेको नरैनापुर, मटेहीया, विनौना लगायतका स्थानमा संचालित उक्त कार्यक्रमको आज अनुगमन गरिएको हो । त्यस्को साथै आईएनएफ द्वारा विनौना तथा बैजापुरमा संचालित अपांगताको क्षेत्रमा समुदायमा आधारित पुर्नस्थापना परियोजना अन्तरगत कार्यक्रमको पनि अनुगमन समेत गरिएको थियो । राप्ति पारीका गाँउमा पछाडी परेका समुदायका महिलाहरुकोे समुह बनाई उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउने उद्देश्यले ४ वर्ष अघिदेखि परियोजना अन्तरगत तालिम दिईएको बताइएको छ ।  अनुगमनमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खीम बहादुर खड्का जिल्ला समन्वय समिति बाँकेका वरिष्ट कार्यक्रम अधिकृत शरद पौडेल, आईएनएफ बाँकेका प्रमुख जिवन गिरी, महिला तथा बालबालिका कार्यालय बाँकेकी महिला विकास निरिक्षक घटना शाह लगायत रहेका थिए । राप्ति सोनारी गाउँ पालिका ५ स्थित दिप ज्योती समुहकी सहजकर्ता गंगा केसीले आईएनएफ बाट प्राप्त तालिमका कारण आफुहरुको कार्य दक्षता र क्षमतामा वृद्धि भएको बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका वरिष्ठ कार्यक्रम अधिकृत पौडेलले परियोजनाबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगले राप्ति पारीका गाँउमा पहुचबाट टाढा रहेका महिलाहरु सशक्त भएको अनुगमनको क्रममा पाइएको बताउनुभयो ।  आईएनएफ बाँकेका प्रमुख गिरीले गाँउमा पछाडी परेका महिलाहरुलाई अगाडी ल्याउन आई एन एफले विभिन्न तालिम तथा गोष्ठीहरु प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले त्यसबाट ग्रामिण भेगका महिलाहरु आत्मनिर्भर भएको बताउनुभयो । अनुगमनमा गएका टोलीलाई स्वागत गर्दै दिप ज्योती समुहका सदस्यहरुद्वारा आफ्नो कार्य योजना प्रस्तुत गरिएको थियो ।