समाचार

प्रचण्डले जेठ ५ गतेभित्र पदबाट राजीनामा दिने

 

सोमबार ०१ ज्येष्ठ २०७४ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको जानकारी गराउनु भएको थियो । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले बताउनुभयो । आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसबादी दलका नेताहरुलाई जानकारी गराउनु भएको थियो । दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न आफूले प्रयास गर्ने प्रधानमन्त्रीले भेटमा बताएको राजपा नेताहरुले जानकारी दिएका छन् ।