समाचार

बिद्यार्थी भर्ना अभियान संगै पाठ्यपुस्तक बितरण

 

नेपालगंज : बिहिवार ७ चैत्र २०७३ / बाँकेमा बिद्यार्थी भर्ना अभियान शुरु भएसंगै बिद्यार्थीहरुलाई पाठ्यपुस्तक समेत बितरण गरिएको छ । प्रत्येक वर्ष बैशाख १ देखि बिद्यालयहरुमा शुरु हुने भर्ना अभियानसंगै जिल्लाका बिभिन्न बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण गरिएको हो । भर्नासंगै बिहीबार बाल मन्दिर आधारभूत प्राथमिक बिदालय नेपालगंज र करमोहनास्थित नेपाल राष्ट्रीय प्राथमिक बिद्यालयमा पाठयपुस्तक बितरण गरिएको छ । बाल मन्दिरमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल श्रेष्ठ तथा बाँके युनेस्को क्लबका सुपरभाइजर सुभनी क्षेत्रीले पाठ्यपुस्तक बितरण गर्नुभएको थियो । बिद्यालयको करिब १ सय १० जनालाई पाठयपुस्तक बितरण गरिएको प्रधानध्यापक बिज श्रीवास्तवले जानकारी दिनुभयो ।