समाचार

भिटामिन ए तथा जुकाको औषधि खुवाईंदै

 

बुधवार ०६ चैत्र २०७३ / पाँच वर्षमुनिका बालबालिकालाई आज र भोली भिटामिन ए तथा जुकाको औषधि खुवाईंदैछ । सरकारको नियमित कार्यक्रम अनुसार २० वर्षदेखि भिटामिन ए को औषधि खुवाईंदै आइएको छ । ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि सरकारले २०५० सालदेखि नियमित रुपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम र यो यसको केही वर्षपछि जुकाको औषधि पनि थप गरी सँगसँगै खुवाउन थालिएको छ । भिटामिन ए र जुकाको औषधि खुवाउन  देशका सबै ठाउँमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खटाईएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।