समाचार

निजी विद्यालयहरुमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन तीन दिनको अल्टिमेटम

 
मंगलवार ५ बैशाख २०७३ / विभिन्न आठ विद्यार्थी सङ्गठनले निजी विद्यालयहरुमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन तीन दिनको अल्टिमेटम दिएका छन् । आज शिक्षामन्त्री धनीराम पौडेललाई भेटेर उनीहरुले ध्यानाकर्षण गराएका छन् । 
 
शिक्षा मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शुल्क बढाएको बारेमा आफू गम्भीर रहेको र नियमविपरीत हुने शुल्क फिर्ता गराउन पहल गर्ने आश्वासन दिनुभएको अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्यले बताउनुभयो । 
 
आचार्यसहित नेविसङ्घबाट उपाध्यक्ष पुष्पकुमार शाही र अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष विजयनाथ भट्टराईलगायत विद्यार्थी नेताहरु मन्त्रीको कार्यकक्षमा पुग्नुभएको थियो । 
 
नयाँ शैक्षिकसत्रमा भर्ना र मासिक शुल्कमा विभिन्न निजी (संस्थागत) विद्यालयले २ सय  प्रतिशतसम्म शुल्क वृद्धि गरेको विद्यार्थी संगठनले जनाएका छन् ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal