समाचार

डाक्टरलाई हातपात गरेको बिरोधमा ओपीडी सहित एमेर्जेंसी सेवा ठप्प

नेपालगंज : सोमवार ४ चैत्र २०७४ / नेपालगंज मेडिकल कलेजका डाक्टर तथा कर्मचारीहरुले आज बिहानै देखि ओपीडी सहित एमेर्जेंसी सेवा ठप्प पारेका छन् । गए राती १२ ४५ बजे उपचारका लागि अस्पतालको एमेर्जेंसी सेवामा आएका नेपालगंज ६ निवासी होम बहादुर क्षेत्रिको उपचारकै क्रममा मृत्यु पछि मृतकको आफन्तहरु द्वारा ड्युटीमा खटिएका चिकित्सकलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्कि समेत दिएको बिरोधमा अस्पतालको ओपीडी सहित एमेर्जेंसी सेवा ठप्प गरेका छन् । उक्त घटनाको छानबिन गरि दोषीलाई कडा कार्यवाहीको मांग गर्दै अस्पताल प्रशासनलाई डाक्टर्स तथा कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal