समाचार

बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि आउट डोर क्याम्प

 
नेपालगंज : मंगलवार २९ चैत्र २०७३ / विद्यालय जाने उमेरका विद्यालय भन्दा बहिरा रहेका र श्रममा रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन र बाल क्लबमा सहभागि गराउने उद्देश्यले नेपालगंज उपमहागरपालिका वडा नं. ८ घसयारनटोलका बालबालिकाहरुको लागि बाँकेको ढकेरीमा आउट डोर क्याम्पको आयोजना गरिएको छ । 
 
बालबालिकाहरुलाई बाल क्लबको महत्व, यसको भूमिका तथा शिक्षाको आवश्यकता विषयमा बालबालिकाहरुलाई प्रशिक्षण तथा उत्प्रेरण जगाउनका लागि आयोजित आउट डोर क्याम्पमा विभिन्न खेलहरु माध्यमबाट ५० जना उत्पे्ररित गरिएको हो । सहभागि बालबालिकाहरु मध्ये १२ जना बालबालिकाहरुलाई बैशाखमा विद्यालय भर्ना गराउने प्रतिबद्धता जनाएका छन् जुन बालबालिकाहरुलाई विद्यालय भन्दा बहिरा रहेका छन् । 
 
वडा स्तरिय बाल संरक्षण समिती र प्रगतिशिल बाल क्लबले बाँके युनेस्को क्लब र सेभ द चिल्ड्रेनको सहाजिकरण सहयोग आयोजित क्याम्पमा बालबालिका, समितीका पदाधिकारी सदस्य र अभिभावकहरुको सहभागिता रहेको समितीकी संयोजक शान्ति राणाले बताउनु भएको छ । क्याम्पमा प्रगातिशिल बाल क्बलकी अध्यक्ष सपना शाहुले बाल क्लबले संचालन गरेको कार्यक्रमहरु तथा यसले बालबालिकाहरुको शिक्षा र व्यवक्तिव विकासका पारेको सकारात्मक परिवर्तनहरुको बारेमा जानकारी दिनु भएको थियो ।  क्याम्पमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बिरेन्द्र थापाले सहभागि बालबालिकाहरुको लागि सहाजिकरण गर्नु भएको थियो ।
 
गरिब शहरी बस्तीमा रहेका बालबालिकाहरुलाई शिक्षामा उत्प्रेरित गर्नका लागि फरक फरक परिस्थितीमा रहेका बालबालिकाहरुलाई एउटै स्थान ल्याउनका लागि क्याम्पमार्फत अभिमुखिकरण गरिएको हो । क्याम्पमा बेलुन बचाउँ, सँग सँगै हिडौं, फूटबल, भलिबल, समूह निर्माण लगायतको खेलहरु संचालन गरिएको थियो । क्याम्पमा सेभ द चिल्ड्रेन कार्यक्रम अधिकृत फूल कुमारी चौधरी, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राम श्रेष्ठ, अनुगमन अधिकृत सोम प्रसाद चौधरी, सुपरभाइजर सुभनी क्षेत्री, ईश्वर वि.क.लगायतकोले बोल्नु भएको थियो । 
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal