समाचार

समता स्कुल यही शैक्षिक शत्र बाट कोहलपुरमा सञ्चालन हुँदै

 
कोहलपुर : शनिवार २६ चैत्र २०७३ / मध्यपश्चिमको प्रवेश द्धारमा समता स्कुल यही शैक्षिक शत्र बाट संचालनमा आउने भएको छ । बाँकेको कोहलपुरमा उत्त, विद्यालय संचालनाम आउने भएको हो । समता स्कुलका संचालक समितिका सदस्य सुदर्शन पौडेले जानकारी गराएका हुन् । 
 
मह जोडी मदनकृष्ण श्रेष्ठ हरी बश अचार्य द्धारा विभिन्न कार्यक्रमहरुको आयोजना बाट संकलित रकम बाट हाल यो विद्यालय संचालनमा रहेको छ । बाँकेको कोहलपुर नगरपालिका नगरकार्यापालिकाको कार्यालय कोहलपुर बाट स्कृत भई जिल्ला शिक्षा कार्यालय बाँके बाट सम्बन्ध प्राप्त गरे पश्चात विद्यालय कोहलपुरा संचालनमा आएको हो । 
 
कोहलपुर क्षेत्रका एक सय ५० बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने उदेश्यले विद्यायलय संचालन गरीएको पौडेलले जानकारी दिए । हाल समत स्कुल ५१ जिल्लामा विस्तार गरीएको बताउदै पौडेलले नेपालका सबै नेपालका प्रदेशहरुमा गुणस्तरीय शिक्षा पुगाउँने लक्ष्य लिएको बताए । 
 
अभिभावकहरु बाट बालबालीका भर्ना शुल्क एक सय ५० लिइने र मासिक शुल्क भने एक सय रुपैया रहेको पौडेलले बताए । कोहलपुरका शैक्षिक क्षेत्रमा देखिएको चर्को शुल्क लाई समता विद्यालयले न्यूनिकरण गरेको समाजसेवि डिल बहादुर परियारले बताए ।