समाचार

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सार्वजनिक सुनवाई

 

नेपालगन्ज : बुधबार १२ असोज २०७३ / साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (आरटिएसएमएफपि) को आर्थिक अनुदानको सहयोग तथा नमस्ते कृषक समूह हिरमिनिया बाँकेद्वारा सञ्चालित व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजनको पहिलो सार्वजनिक सुनवाईको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ । नमस्ते कृषक समूहका अध्यक्ष रोहित खटिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका लेखा व्यवस्थापक सुमित रानाले फार्म विकास उपआयोजनाले कुल लागत ४० लाख ८४ हजारको आयव्यय प्रस्तुत गरेका थिए । आयोजनाबाट प्राप्त अनुदान रकम १८ लाख २५ हजार ८ सय चालिस र आफ्नो श्रोतबाट व्यहोर्ने रकम २२ लाख ५८ हजार एक सय साठी रकम सार्वजनिक सुनवाईमा प्रस्तुत भएको हो । जिल्ला कृषि विकास कार्यालयको फोकलपर्सन वशिर अहमद खाँको प्रमुख आतिथ्यमा तथा नमूना कृषि सेवा केन्द्र निर्मल रेग्मी, वागमती उपककेन्द्र प्रमुख चर्तुभुजी चौधरी, ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँके ईन्चार्ज प्रनानि बमबहादुर खड्का, एनएनजिओ ९आरआईएसएमएफपि०का दिपलाल चौधरी, आरएनजिओ ९आरआईएसएमएफपि० का रतनबहादुर बुढा , डिएनजिओ ९आरआइएसएमएफपि० उपेन्द्र बिक्रम कटुवाल र कृषि जेटिए रामचन्द्र बानिया लगायतको उपस्थिति रहेको थियो ।