समाचार

१५ लाखको लगानीमा बडी मास्टर जिम क्लब

 
नेपालगंज : शुक्रवार २५ चैत्र २०७३ / पछिल्लो समयमा नेपालगंजमा जिम क्लब खुल्ने क्रममा वृद्धि भएको छ । यसै क्रममा आज नेपालगंजमा बडी मास्टर जिम क्लब स्थापना गरिएको छ । करिब १५ लाखको लगानीमा नेपालगंजको रानी तलाउ नजिक उक्त जिम क्लब संचालनमा ल्याईएको हो । 
 
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगंजका उपाध्यक्ष नरेन्द्र थापाले रिबन काटेर उक्त जिम क्लबको उदघाटन गर्नुभयो । उपाध्यक्ष थापाले शारिरीक ब्यायामले मानिसलाई स्वस्थ र निरोगी बनाउनुका साथै खेलकुदको बिकासमा समेत टेवा पु¥याउने धारणा राख्नुभयो । 
 
क्लबमा एरोविक तथा शारिरीक सुगठन लगायतको तालिमहरु प्रदान गरिने संचालक इस्तियाक अन्सारीले जानकारी गराउनुभयो । उहाँले जिम क्लबमा महिला तथा पुरुष दुबैलाई जिम गराउने व्यवस्था गरिएको बताउनुभयो । 
 
क्लबका सल्लाहकार जमील अन्सारीले नाफा कमाउने उद्देश्यले भन्दा पनि युवाहरुलाई कुलत र गलत बाटोबाट जोगाउन जिम क्लबको स्थापना गरिएको बताउनुभयो । नेपालगन्जमा अहिले करिब १ दर्जन फिटनेश सेन्टरहरु संचालनमा रहेका छन ।