समाचार

विद्यालय नजिक मदिरा व्यापार, सम्बन्धित निकाय मौन

 
जीवन जिएम / कमला नेपाली_रुबरु एफएम नेपालगंज : बिहिबार १० चैत्र २०७३ / नेपालगंज सल्यानि वङ्गाला स्थित श्री आधारभुत विद्यालय गेटको १०० मीटर भन्दा पनि कम दुरीमा मदिराको आधा दर्जन पसलहरु संचालनमा रहेका छन् । विद्यालयको गेट नजिकै रहेको नेपालगञ्ज उप महानगरपालिकाले भाडामा दिएको गोदामहरु र केहि निजि भवनहरुमा समेत मदिरा व्यापार भईरहेको छ । यस्तै सोहि विद्यालय नजिक रहेको अर्को एक निजि विद्यालय गेटको तीन घरको बगलमा पनि मदिरा पसल संचालनमा रहेको छ ।
 
धार्मिक स्थल, स्वास्थ्य केन्द्र, शिक्षण संस्थान परिसरमा लागुपदार्थ जस्ता पसलहरु खोल्न तथा बिक्रि बितरण गर्न नपाईने ब्यवस्ता ऐनमा भए पनि सरकारी संरचनाको भवनहरुमा मदिराको धमाधम विक्रि वितरण भईरहेकोले त्यहां अध्यनरत हाम्रा बालबालिकाहरुको भबिष्यमा ठूलो असर पर्ने अभिभावक र स्थानियहरुको गुनासो रहेको छ ।
 
तीन तीन स्कूल र नगर स्वास्थ्य केन्द्र समेत भएको स्थानमा खुलम खुल्ला मदिरा सेकुवा जस्ता पसलहरु संचालनमा रहदा स्कुल ब्यवस्थापन, देखि लिएर  नेपालगञ्ज उप महानगरपालिका सम्म सबै किन मौन  छन् रु यसमा  स्कुल ब्यवस्थापनको झन्  ठूलो सर्तकता रहनु पर्ने भए पनि स्कुल ब्यवस्थापन समितिले हाल सम्म कुनै पहल नगरेको समितिका अध्यक्ष केशव प्रसाद मानन्धरले जानकारी दिनु भयो । 
 
जिल्ला शिक्षा अधिकारी भीम बहादुर साउदले सो बारेमा जिल्ला शिक्षा कार्यलयलाई कुनै  जानकारी न भएको बताउंदै विद्यालय व्यवस्थापन समितिले सो सम्बन्धमा शिक्षा कार्यलयलामा निवेदन दियो भने हामीले सम्बन्धित निकायमा सहजीकरण गरेर  विद्यालय  नजिकबाट मदिरा पसलहरु हटाउने प्रक्रियामा सहयोग गर्ने बताउनु भयो ।
 
यस्तै नेपालगञ्ज उप महानगरपालिकाले भाडामा दिएको गोदाम र पसलहरुमा अग्नि प्रदुषण, ध्वनी प्रदुषण, मदिरा, सेकुवा जस्ता पसलहरु राख्न पाइने छैन भनेर दुई पक्षिय सम्झौता पत्रमा उल्लेख रहेको छ । रुबरुले उठाएको यस मुद्दामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउदै  हामीसंग भएको सम्झौता विपरीत कसैले मदिरा सेकुवा तथा त्यहाँका स्थानिय समुदायलाई नकारात्मक असर पर्ने गरि कुनैपनि क्रियाकलाप अनुगमनमा पाइयो भने हामी कार्यवाही गर्ने छौ नेपालगञ्ज उप महानगरपालिकाका जन सम्पर्क तथा सुचना उप शाखा प्रमुख ओबिराज आचार्यले रुबरुलाई बताउनु भयो ।