समाचार

ब्रिटिश संसद् भवनमा हमला प्रयास : पाँचको मृत्यु, ४० घाइते : विश्वका नेताहरुद्धारा निन्दा

बिहिबार १० चैत्र २०७३ / ब्रिटिश संसद् भवनमा हमला प्रयास भएको छ । लण्डन स्थित ब्रिटिश संसद भवननिर भएको आतंकवादी हमलामा एक प्रहरी र एक हमलाकारी सहित कुल पाँच जनाको मृत्यु भएको छ ।  घटनामा ४० जना घाइते भएका छन् । एकजना हमलाकारीले आफू चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए ।
 
लण्डनमा भएको आतंकवादी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् । उनीहरुले ब्रिटेनसँग ऐक्यबद्धता जनाएका छन् । फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले ब्रिटिश जनताले जे बेहोरेका छन् त्यो फ्रान्सले महसुस गर्न सक्ने बताउनु भएको छ । जर्मन चान्सलर एंगेला मर्कलले ब्रिटिश जनताप्रति समवेदना प्रकट गर्नुभयो । त्यस्तै अमेरिकी राष्ट्रपतिले समवेदना प्रकट गर्दै ब्रिटिश सुरक्षा फौजको प्रशंसा गर्नु भएको छ ।