समाचार

हात्तीपाईले औषधि सेवनको पहिलो दिन बाँकेमा उत्साहजनक सहभागिता

 
बाँके : शनिवार ५ चैत २०७३ / राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ  । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
 
पहिलो दिन शनिबार बाँकेमा उत्साहजनक सहभागिता देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जिल्लाका  १ लाख १२ हजार २८६ घरधुरीका ५ लाख २३ हजार ९८ जनालाई हात्तीपाईले विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको छ । 
 
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत खिम बहादुर खडकाका अनुसार हात्तीपाईले अभियान कार्यक्रममा ३ सय ४६ जना स्वास्थ्यकर्मी, २ हजार ३ सय ३ जना स्वयंसेवक र ३ वटा आरआरटी परिचालन गरिएको छ । शनिबार बुथमा तथा ६ र ७ गते घरघरमा गएर औषधि खुवाईने भएको छ ।
 
बाँके जिल्लामा अभियान संचालन हुनु भन्दा अगावै गरिएको सर्वेक्षणमा २० दशमलव ८ प्रतिशत हात्तीपाईलेको संक्रमण देखिएकोमा ६ पटक अभियान संचालन पश्चात गरिएको सर्वेक्षणमा १६ प्रतिशतमा संक्रमण देखिएकोले थोरै उपलब्धि मात्र हासिल भएको जनस्वास्थ्यले जनाएको छ ।
 
वरिष्ठ जनस्वास्थ्य अधिकृत खडका भन्नुभयो यो हाम्रा लागि ठुलो चुनौती छ, यसमा बाँकेवासी हामी सबै लाग्नुपर्ने आवश्यकता छ । उहाँले औषधि खाएपछि कसैकसैलाई सामान्य रुपमा असर गर्न सक्ने बताउदै भन्नुभयो रिंगटा लाग्ने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिन सक्छ तर यसले हानी पु¥याउदैन् ।
 
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal