समाचार

बाँके लगायत देशभर पहिलो दिनको परिक्षा सम्पन्न

 
नेपालगंज : बिहिबार ३ चैत २०७३ / बाँके लगायत देशभर माध्यमिक शिक्षा परिक्षा अन्र्तगत विद्यार्थिहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा दिएका छन । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । बाँकेमा यसपाली ४ हजार ५ सय ४५ छात्रा, ४ हजार २ सय ३५ छात्रसहित ८ हजार ७ सय ८० जनाले परिक्षा दिएका हुन ।
 
पहिलो दिनको परिक्षा शान्तिपुर्बक सम्पन्न भएको बाकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो । बाकेमा यसपालीको परीक्षामा २१८ जना आवश्यक कागजात नपुगेको भन्दै परीक्षा दिनबाट बञ्चित भएका छन् । 
 
यसैबिच मुगुमा माध्यामिक शिक्षा परिक्षामा एक हजार बढि विद्यार्थी सहभागि भएका छन भने सल्यानमा ६ हजार २ सय ३४ जना र जुम्लाबाट तीनहजार परीक्षार्थी सहभागी भएका छन ।
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal