समाचार

बाँकेमा ८ हजार सात सय ८० जनाले एसएलसीको परीक्षामा सहभागि

 
नेपालगंज : बुधबार २ चैत २०७३ / भोली देशभर एक साथ हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाको बाँकेमा तयारी पुरा भएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा भोली बिहान ८ बजेबाट हुँदैछ । 
 
परिक्षा केन्द्र र केन्दाध्यक्ष तोक्ने, उत्तर पुस्तिका पु¥याउने लगायतका तयारी पुरा भइसकेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । ८ हजार सात सय ८० जनाले परिक्षामा भाग लिइरहेको जिल्ला शिक्षा कार्यालय बाकेँले जनाएको छ । जसमा ४ हजार ५ सय ४५ जना छात्रा र ४ हजार दई सय ३५ छात्र रहने छन् । २४ सामुदायिक र ७ सस्थागत गरि  ३१ माध्यामिक विद्यालयमा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले जानकारी दिनु भयो  । 
 
जिल्ला शिक्षा अधिकारी साउँदका अनुसार परिक्षा सञ्चालनका लागि ४५ जना सहायक केन्द्राध्यक्ष, ३ सय ७६ निरिक्षक र एक सय ९५ सहयोगी रहेका छन् ।  शिक्षा कार्यालय बाँकेका अनुसार एक्जाम्टेड र ग्रडवृद्धि गरि एक हजार तीन सयले सहभागिता जनाउँदै छन् भने  सात सय ७९ छात्रा र पाच सय २१ छात्र रहनेछन् । 
 
धम्वोझी माविमा ४८ जनाले प्राविधिकतर्फ परिक्षा दिदैछन् भने खुलातर्फ एक सय ८२ ले परिक्षा दिदैछन् । यस्तै २ सय १८ जना अयोग्य देखीएका छन् ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal