समाचार

जाजरकोट बस दुर्घटनाका घाइतेहरुको नेपालगन्जमा उपचार हुदै

 
नेपालगंज : शनिबार २८ फागुन २०७३ / जाजरकोटकस्थित भेरी मालिका नगरपालिकाको वडा नं ४ पासागाडमा बस दुर्घटना हुँदा  २७ जना घाइते हुनु भएको मध्ये प्रारम्भिक उपचारको लागि मेडिकल कलेज नेपालगन्ज, वेष्टर्न हस्पिटल तथा भेरी अञ्चल असप्तालमा उपचारका लागि भर्ना गरिएको घाइतेहरुको अस्पतालका सम्बन्धीत चिकित्सकहरुले उपचार गरिरहेको बारे जानकारी प्राप्त भएको छ ।
 
यसैक्रममा मिति २०७३/११/२७ गते राती १ः०० बजे नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजको इमरजेन्सी विभागमा उपचारका लागि आएका १९ जना घाइतेहरु प्रारम्भिक उपचार गरी निज घाइतेहरुलाई सम्बन्धीत विभागमा भर्ना गरी सम्बन्धीत चिकित्सकहरुले कलेजको तर्पmबाट भर सक्दो उपचार गरिरहेको बारे अस्पतालका सहायक निर्देशक तथा सूचना अधिकारी, प्रवक्ता डा. रोमन किदवाईले बताउनु भएको छ ।
 
 
डा. किदवाई अनुसार उपचारार्थ मध्ये मिति २०७३/११/२७ गते राती ८ः०० बजे तिर जाजरकोट निवासी राम बहादुर वर्ष २३ पुरुषको मृत्यु भई सकेको बताउनु भएको छ भने बाँकी घाइते बिरामीहरुको उपचारमा कलेजका सम्बन्धीत चिकित्सकहरु खटिइ उपचार गरिरहनु भएको छ । १८ जना घाइतेहरु मध्ये ५ जनालाई उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह अनुसार उच्च उपचारको लागि काठमाण्डौं रिफर गरिएको छ । बाँकी १३ जना घाइतेहरुको उपचार यस कलेजका सम्बन्धीत चिकित्सकहरुले गरिरहेको र एक जना बिरामी जाजरकोट निवासी तुले तिरुवा वर्ष ४२ पुरुषको न्युरो सर्जन डा. मनोज बोहराद्वारा अपे्रशन समेत भएको बारे डा. रोमनले बताउनु भएको छ ।
 
 
घाइतेहरुको उपचारमा अस्पतालका निर्देशक डा. एम. किदवाई, सहायक निर्देशक तथा सूचना अधिकारी, प्रवक्ता डा. रोमन किदवाई, हाड जोर्नी तथा नशा रोग विभागका डा. गोपाल सागर डी.सी., डा. सन्दीप गुरुङ्ग, बालरोग विभागका डा. शकील अहमद, नाक, कान तथा घाँटी रोग विभागका डा. अंशु शर्मा, मेडिसीन विभागका डा. सुभाग योगी, डा. आसिम किदवाई, न्यूरो सर्जरी विभागका डा. मनोज बोहरा लगायतको सक्रिय टोलीले उपचार गरिरेको छ । साथै अस्पताल प्रशासनको तर्पmबाट अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुन्दर जङ्ग शाह र बरिष्ठ सहायक रईस शाहीले घाइतेहरुलाई प्रशासनीक सहयोग गरेको बारे जानकारी प्राप्त भएको छ ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal