समाचार

रोयलले उपाधिमाथि कब्जा जमाए, नगद ५१ हजार प्राप्त

 
नेपालगंज : शनिबार २८ फागुन २०७३ / स्व. भाईराजा स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधिमाथि रोयल स्पोर्ट्स क्लबले कब्जा जमाएको छ । आज नेपालगन्जमा सम्पन्न फाईनल खेलमा नेपाल टाईगर स्पोर्ट्स क्लबलाई ५ विकेटले पराजित गर्दै रोयलले उपाधिमाथि कब्जा जमाएको हो । 
 
पहिलो ब्याटिङ गरेको नेपाल टाईगरले १८.३ ओभरमा सबै विकेट गुमाई १ सय २० रन बनाएको थियो । जसमा महेश क्षेत्रीले ३७ रन, प्रज्वल शाहीको ३१ रनको योगदान रहेको थियो । रोयलका कृष्ण कार्कीले ४ विकेट तथा रिजवान अन्सारीले ३ विकेट लिनुभयो । १ सय २१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको रोयलले १७.१ ओभरमा ४ विकेट गुमाँउदै उक्त लक्ष्य प्राप्त गरेको थियो ।
 
म्यान अफ द म्याच घोषित रोयलका अफाक शेखले नटआउट ३५ रन तथा सुवेन्दु पाण्डेले ३० रन बनाउनुभयो । टाईगरका सिद्धान्त राज शाहीले २, अविनास बोहराले १ तथा विक्रम भुसालले १ विकेट लिनुभयो । 
 
विजेता टिम रोयलले उपाधी संगै नगद ५१ हजार प्राप्त ग¥यो भने उपविजेता नेपाल टाईगरले नगद २५ हजार रुपैया प्राप्त गरे । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गरेका नेपाल टाईगरका अमर रौटेलाले म्यान अफ द सिरिज हुँदै नगद ७ हजार प्राप्त गर्नुभयो । 
 
बेस्ट बलरमा रोयलका कृष्ण कार्की  तथा उत्कृष्ट ब्याट्सम्यानमा ज्यक्वारका मनोज यादव घोषित भए ।  उहाँहरुले नगद ५÷५ हजार प्राप्त गरेको प्रचार प्रसार संयोजक जावेद अहमदले बताउनुभयो ।