समाचार

युवा लक्षित कृषि व्यवसायका प्रशस्त सम्भावना : डा. कृष्ण पौडेल

 
नेपालगन्ज : शुक्रबार ३१ भदौ २०७३् / कृषिलाई निर्वाह मुखीबाट व्यवसायिक बनाउनका लागि राज्यले प्रवाह गर्ने सेवा सुविधाहरु सानाकिसान मुखी हुनुपर्ने निष्कर्ष निकाल्दै दुई दिने साना किसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीय कार्यशाला शुक्रबार नेपालगन्जमा सम्पन्नभएको छ । बिहिबार देखि सुरु सम्मेलनमा सहभागि १५ जिल्लाका किसानहरुले सरकारी अनुदानको प्रभावकारीता र जवाफदेहिताको सुनिश्चितता गर्न सकेमा मात्र कृषि क्षेत्रको विकास गर्न सकिने निष्कर्ष निकालेका छन् । जसका लागि राज्यका नीतिनियम स्पष्ट हुनुपर्ने र कार्यान्वयन पक्ष मजबुत हुनुपर्ने जोड दिइएको छ ।
एक्सनएड नेपालको आयोजनामा भएको कार्यशालाको दोस्रो दिन बाँके, बर्दिया, नवलपरासी, चितवन, दैलेखका किसानहरुले कृषि व्यवसायका क्रममा भोगेका चुनौती तथा अवसरहरुको बारेमा अनुभव आदान प्रदान गरेका थिए । 
 
 
छलफलमा सहभागी रहेको छ वर्ष कुवेतमा काम गरेर नेपाल फर्केर बाँकेका च्याउ व्यवसायमा थालेका कृषक लाल बहादुर सुनारले राज्यले दिने सेवा र शीपको विकास बाट व्यवसाय वृद्धिमा सहयोग पुगेको अनुभव राखे । च्याउ खेतीबाट यस क्षेत्रकै नमुना किसान बन्न सकेको छु । राज्यले हामी जस्ता किसानहरुको लागि प्रोत्साहन जन्य कार्यक्रमहरु अझ बढि ल्याउन जरुरी छ ।, सुनारले भने ।
कार्यशालामा साना किसान र उनीहरुको जीबिकोपार्जनको वर्तमान अवस्थामा कृषि क्षेत्रको पूर्नसंरचनाको आवश्यकता,संभावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा। कृष्ण पौडेलले युवा लक्षित कृषि व्यवसायका प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो । कार्यपत्र माथि टिप्पणी गर्दै कृषि पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहालले विदेश जान चाहने व गएर फर्केका युवा लाई देशमै रोक्नको लागि कृषि व्यवसाय सम्भावनाको खानी रहेको दावी गरे । 
वर्तमान कृषिनीति र त्यसले सानाकिसानको जिविकोपार्जन प्रक्रियामा पारेको प्रभावबारे छलफल गर्नका लागि एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा चितवन देखि बाजुरासम्म १५ जिल्लाका ७० बढिको सहभागिता रहेको थियो ।