समाचार

जगुवारले योङ गन्स क्बललाई २ विकेटले पराजित गर्दै सेमिफाईनलमा प्रवेश

 
नेपालगन्ज : आइतबार २२ फागुन २०७३ / नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगितामा जगुवार स्पोर्टस क्लब विजयी भएको छ । आज सम्पन्न खेलमा जगुवारले योङ गन्स क्बललाई २ विकेटले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
 
टस जितेर पहिलो ब्याटिङ रोजेको यङ गन्सले १८.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । जसमा हिमाल खड्काको ३३ रन रितेश शाहको १५ रन तथा श्याम शर्माको ११ रनको योगदान रहेको थियो ।
 
जगुवारका नविन ओलीले ४ विकेट रोशन शाहले २ विकेट तथा शेर बहादुर ओलीले २ विकेट लिन सफल हुनुभएको थियो । १ सय २८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको जगुवारले १८.३ ओभरमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गर्न सफल भयो ।
 
म्यान अफ द म्याच घोषित जगुवारका मनोज यादवले अर्धशतकिय पारी खेल्दै ५४ रन तथा करण शाहले १९ रन बनाउनुभयो । योङ गन्सका अनिमेश शाही र प्रजेश केसीले क्रमस ३/३ विकेट लिनुभयो ।
 
भोली मंगोलीयन स्पोर्टस क्लब र रोयल स्पोर्टस क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागिता रहेको छ ।
 
विगत २०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता विशेष कारणवस निरन्तर संचालन हुन नसकेपनि अवदेखि निरन्तर संचालन हुने प्रचार प्रसार संयोजक जावेद अहमदले जानकारी दिनु भएको छ ।
 
नेपालगन्जको मंगलप्रसाद उच्चमाविमा सुरु हुने क्रिकेट प्रतियोगितामा कुल ३ लाख ५८ हजार २ सय खर्च हुने बताइएको छ । नकआउट प्रणालीमा संचालन हुने प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिनुभयो ।