समाचार

फत्तेबाल आँखा अस्पतालको २३ औं जिल्ला सभा सम्पन्न

 
नेपालगन्ज : शनिबार २१ फागुन २०७३ / फत्तेबाल आँखा अस्पतालको सेवा सुविधालाई अझ प्रभावकारी बनाइनु पर्ने नेपाल नेत्रज्योति संघ बाँके शाखा फत्तेबाल आँखा अस्पतालको आज भएको २३ औं जिल्ला सभामा बोल्ने वक्ताहरुले बताएका छन् । 
 
अस्पतालका सभापति रतन कुमार टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले अन्य जिल्लाहरुमा शाखा बिस्तार गरी अन्धोपनबाट ग्रसित बिरामीहरुमा सेवा पु¥याउनुपर्नेमा जोड दिएका थिए । हालसम्म गर्दै आएको कार्य सह्रानीय रहेको बताउँदै अधिकाँश सहभागीहरुले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा बिस्तार गरी सेवा सुविधा दिनुपर्ने बताएका थिए । 
 
 
त्यस्तै जिल्लासभाबाट आंखा स्वास्थ्य शिक्षा र अन्धोपन निवारण सम्बन्धी लेख, रचना, सुचना, समाचार प्रकाशन प्रसारण गर्ने एक जना छापा, एक जना एफएम र एक जना टेलिभिजनका संचारकर्मी वा संचार संस्थालाई वार्षिक रुपमा जनही  पाँच हजार पाँच सय नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्ने जनाएको छ । १० वर्षसम्म अस्पतालले नेपाल पत्रकार महासंघलाई २० हजार उपलब्ध गराइने उक्त रकमबाट नै पत्रकार वा सञ्चार संस्थालाई पुरस्कृत गरिने अस्पतालका सभापति रतन कुमार टण्डन र पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुबीच सम्झौता भएको छ । 
 
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको प्रमुख आतिथ्यतामा भएको जिल्ला सभामा अस्पतालको बिकास निर्माण, उपलब्धी र आगामी योजनाबारे छलफल गरिएको निर्देशक डा.कौशल कुमार बर्माले जानकारी दिनुभयो । 
 
नेत्र ज्योति संघका सदस्य गोपीचन्द्र बर्नवालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक सरोज पौडेल, जिल्ला विकास समितिका सूचना अधिकारी शरद पौडेल, पत्रकार निरज गौतम, अधिवक्ता विश्वजीत तिवारी लगायतले धारणा राख्नु भएको थियो ।