समाचार

कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग

 
नेपालगन्ज : बिहिबार ३० भदौ  २०७३ / पश्चिम नेपालका विभिन्न जिल्लाहरु बाट नेपालगन्जमा भेला भएका किसानहरुले राज्यले अविलम्बन गरेका कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग गरेका छन् । बिहिबार देखि नेपालगन्जमा सुरु भएको साना किसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीय कार्यशालामा सहभागी किसानहरुले कृषि नीतिको व्यवहारिक कार्यान्वयमा समेत जोड दिए ।
वर्तमान कृषिनीति र त्यसले साना किसानको जिविकोपार्जन प्रक्रियामा पारेको प्रभावबारे छलफल गर्नकालागि एक्सनएड नेपालले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा चितवनदेखि बाजुरासम्म १५ जिल्लाका ७० बढिको सहभागिता रहेको छ ।
कार्यशालामा बोल्दै बर्दिया कालिकाका किसान इन्द्र प्रसाद लुईटेलले सरकारले अविलम्ब गरेको नीति साना किसानमुखी बनाई प्रभावकारी कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो । सरकारी नीतिले सानाकिसानलाई फाइदा पुर्याउन सकेको छैन, लुईटेलले भन्नुभयो, सानाकिसानले सरकारी अनुदानका कार्यक्रमहरु सानाकिसान समक्षपुग्न सकेको छैन । 
 
 
कार्यशालाको उद्घाटन सत्रमाबोल्दै क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका निर्देशक शिवनारायण चौधरीले कृषि उत्पादनमा वृद्धि भएपनि बजारीकरणको लागिअझै चुनौती रहेको बताउनुभयो । 
कृषि मन्त्रालयका उपसचिव तथा कृषि अर्थ विज्ञ बासुदेव काफ्लेले राज्यले कृषिनीतिहरुमा आवश्यकता अनुसार परिमार्जन गर्दै गएको जानकारी दिनुभयो । नेपालमा कृषिलाई व्यवसायिकरण गर्नकालागि प्रशस्त सम्भावनाहरु रहेको जानकारी दिँदै उपसचिव काफ्लेले राज्यले कृषि व्यवसायलाई निर्वाहमूखीबाट व्यवसायमुखि बनाउने कार्यक्रमहरु लागु गरिएको दावीगर्नुभयो । 
जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख तथा वरिष्ट पशु चिकित्सक डा। बेदबहादुर केसीले बाँके जिल्ला पशु व्यवसायको लागि सम्भावना बोकेको जिल्ला भएको बताउँदै युवाहरुलाई पशुपालन व्यवसायतर्फ उन्मुख गराउन सके रोजगारीका अवसरहरु बढ्ने दाबी गर्नुभयो ।
कार्यशालाको पहिलो दिन उपसचिव काफ्लेले वर्तमान कृषिनीति तथा प्रावधानबारे जानकारी आदानप्रदान गर्नु भएको थियो भने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत परशु राम रावतले साना किसानको हकहित संरक्षण र उनीहरुको दीगो जिविकोपार्जन प्रवद्र्धनको सन्दर्भमा नेपालको कृषि सुशासन र सवालहरु, कृषिमा लगानी, रिज्म परियोजनाका निर्देशक गोकर्ण राज अर्यालले सुलभ तथा सस्तो कर्जा सुविधाको अवस्था र नीतिगत तथा व्यवसारिक सवाल विषयक कार्यपत्र प्रस्तुत गर्र्नु भएको थियो । 
 
 
सानाकिसानको हकहित संरक्षण र देशको समग्र विकासको सन्दर्भमा कृषि क्षेत्रको पूर्नसंरचनाको आवश्यकता, संभावना र चुनौती विषयमा प्यानल छलफल गरिएको कार्यशालामा दांगकी अल्लो उद्यमी प्रेमकुमारी पुन, प्रांगरिक कृषि अभियन्ता चितवनका चन्द्र प्रसाद अधिकारीले व्यवसाय सम्बन्धी अनुभव आदान प्रदान गर्नुभएको थियो । 
कार्यक्रमको उद्घाटनको अध्यक्षता बाँकेका वरिष्ठ कृषि विकास अधिकृत कृष्ण बहादुर वस्नेतले गर्नुभएको थियो भने एक्सनएड नेपाल पश्चिमाञ्चल श्रोत केन्द्रका संयोजक सरोज पोखरेलले कार्यशालाको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal