समाचार

क्षेत्रीय खाद्य मेला सकियो

 
नेपालगंज : आइतबार २३ माघ २०७३ / खाद्यान्न संरक्षण र संर्बद्धन गर्नका लागि नेपालगन्जमा पहिलो पटक जारी  मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेला आज सकिएको छ ।
 
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजना तथा कृषि मन्त्रालयको आर्थिक सहयोगमा हिजोबाट जारी मेलाामा आज गायिका कोमल वलीे आफना चचिर्ती गित सुनाउनु भयो । 
 
परम्परागत स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ असल पोषणका लागि खाने बानीमा सुधार गरौ भन्ने मुल नाराका साथ सुरु भएको मेलाको कृषिमन्त्री गौरीशंकर चौधरीले उद्घाटन गर्नुभयो । 
 
 
मेलाको उद्घाटन शत्रमा बोल्दै कृर्षिमन्त्री चौधरीले सरकारले नेपाललाई १० बर्षमा खाद्यनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनुभयो । बेमौसमी खाद्यान तथा तरकारी खेती गर्ने कृषकहरुलाई सरकारले अनुदान प्रदान गर्ने योजना समेत रहेको उहाँले बताउनुभयो । 
 
मेलामा परम्परागत खाद्य पदार्थको पहिचान हुने गरी ६० स्टल राखिएको खाद्य मेलामा विभिन्न जातजातिका पहिचान दिने विशेष खानेकुरा, तथा विभिन्न पहिचान झल्काउने साँस्कृतिक कार्यक्रम पनि प्रदर्शन भएकोे थियो ।