समाचार

अर्जुनको गित प्रस्तुतीले दर्शक झन उत्तेजित हुदै उफ्रिए

 
नेपालगन्ज : बिहिबार २० माघ २०७३ / खजुरामा जारी महोत्सव अरु दिन भन्दा विहीवार फरक प्रस्तुती रहेको थियो । एकै दिन ३ वटा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुले फरक प्रस्तुतीले महोत्सवको रौनक नै फरक भएको दर्शकहरुको ठम्याई छ । 
 
१० दिनको अवधिमा विहीवार चर्चित गायक अर्जुन कौशलले बठनिया हो बठनिया हो भन्दै स्टेजमा चढेपछि दर्शक हुरुक्क भए । १० दिनको अवधिमा थार कलाकारको सहभागिता नरहेको महोत्सवमा अर्जुनको प्रस्तुतीले दर्शकहरुमा उमंग थपिएको थियो । 
 
गायक अर्जुनको चर्चित चर्चित गित प्रस्तुतीले दर्शक झन उत्तेजित हुदै उफ्रिएका थिए । गायक अर्जुनले यानीमाया हो यानीमाया हो गितले दर्शकलाई स्टेजमै नचाउन भ्याए । गायक कौशलको गितमा दर्शकहरु झुमी झुमी नाच्न भ्याए । 
 
दर्शकको हुटिङले आयोजक तथा सुरक्षाकर्मीलाई समेत हम्मे हम्मे भएको थियो । उनको प्रस्तुतीले दर्शकको वान्स मोर वान्स मोरले गायक कौशललाई झन कौतुहलता जागेको देखिन्थ्यो । लगातार ५ वटा गित प्रस्तुतीपछि गायक कौशल दर्शकहरुसंग विदा मागे । गायक अर्जुन पछि राष्ट्रिय गायीका रेशमा पुन र प्रकाश कडेल (गुलेली कान्छा)को प्रस्तुतीले झन महोत्सवको रौनक नै फरक भयो । 
 
रेशमाको गित तथा हास्य कलाकार गुलेली कान्छाको प्रस्तुतीले दर्शक पेट मिचि मिची हासे । अरुदिन भन्दा दर्शकको घुँइचो बढिरहेको महोत्सवमा पछिल्लो समयमा आयोजकले राष्ट्रिय कलाकारलाई बढि प्रथामिकता दिईएको छ । शुक्रवार पनि राष्ट्रिय कलाकार जितु नेपाल (मुन्द्रे) र जानकी तारा मगरको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
 
हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृषि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रदर्शनी व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकवीर सुनारले बताए ।