समाचार

धावन मार्गमै विमान दुर्घटना

 
जाकर्ता : बिहिबार २० माघ २०७३ / इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ ।
 
अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
 
इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएको छ ।