समाचार

खजुरामा “झुम्कावालि”

 
बाँके (खजुरा) सोमबार १७ माघ २०७३ / बाँकेको खजुरामा चलिरहेको महोत्सवमा लोकप्रिय गायक प्रमोद खरेलले दर्शकलाई झुमाएका छन । “औइ झुमा झुमा झुम्कावाली” बोलको गीतबाट महोत्सवको स्टेचमा उत्रिएका खरेलले आधा दर्जन गित गाए । साँझ रात परिसक्दासमेत दर्शकहरूको वान्स मोर वान्स मोर आइनैरहयो । 
 
चार बने स्टेच चढेका खरेलले ४५ मिनेट सम्म हंगामा मच्चाएका थिए । खजुरा महोत्सवमा प्रमोद खरेलको गीत सुन्न र मेला हेर्न  आएकाहरूको लामो प्रतिक्षापछि खरेलको गीतसँग भरपुर मनोरञ्जन लिएका हुन् । जब प्रमोद खरेल झुम्कावालि भन्दै मञ्चमा उत्रिएका मात्र के थिए, उटिङ्ग र तालिले उनलाई दर्शकले साथ दिएका थिए । 
 
महोत्सवमा खरेलको गीतमा रमाउनेहरूको कमी भएन । उनले दर्शकलाई भरपुर मनोरञ्जन दिए । हजारौंको संख्यामा प्रमोद खरेलको गीत सुन्न र मनोरञ्जन गर्न खजुराका मात्र नभएर नेपालगन्ज, कोहलपुर, बर्दिया लगाएतका स्थानबाट  महोत्सवमा उत्रिएका थिए । प्रमोद खरेलले गीत गाइरहँदा प्रहरीलाई शुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे परेको थियो ।
 
खरेलका चर्चित तिमीविना कसै कसैलाई, तिमीविना एक्लै, हङगामा भो लगायतका गीत गाएका थिए । उनका गीत सुनेर कति भावुक बने त कतिले ताली बजाउँदै  खरेललाई साथ दिए । 
 
सोमबार नै अर्की लोक तथा दोहोरी गायिका करिष्मा घर्तिमगरले पनि विभिन्न गित गाएर दर्शक नचाएकि थिइन । स्थानिय कलाकारले पनि दर्शकको मन जितेको प्रसार प्रचार समितिका सम्योजक तिलक गाउलेले जनाए । 
 
हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृर्षि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रर्दशनि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मीलाइएको आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकविर सुनारले बताए ।