समाचार

हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान

 
बाँके (खजुरा) शनिवार १५ माघ २०७३ / घामले विदा लिइसकेपछि उदघोषकले राजु परीयारको नाम लिदा सम्म पनि दर्शकको सङख्यामा कमि आएको थिएन । पहिलो पटक खजुरामा महोत्सबले जुराएको दर्शक सगको भेटघाटलाई लोक तथा दोहोरी क्षेत्रका पुराना गाएक राजु परियारले गित सगितका माध्यमबाट सन्चो विसन्चो र माया लाए । 
 
पन्द्र हजार दर्शकले भरीभराउ भएको महोत्सब स्थलमा शनिबार आफ्नो प्रस्तुति दिएका राजुले शुरुमा नया बन्ने सविधानले दलित शव्द नै हटाइसकेको छ भन्दै रुमाल धोको छु बोलको गित गाए । उनले निकै पुराना गित पुलमा मौरी डुल्ने बेलामा, गगां जिको पानी, सोर वर्ष उमेरैमा गित गाएर उपस्थित दर्शकलाई लाइभ दोहोरी बाट थप मनोरन्जन प्रदान गरे । परियारको प्रस्तुतिलाई अन्तीमसम्म पर्खेर बसेका दर्शक लोक दोहोरी गितमा छमछमी नचाए । 
 
राजु  भन्दा केहि अघि पालो पाएका अर्का लोक दोहोरी गाएक नविन पौडेलले यस्तै हुन्छ भन्या भा, आजै भेट भाको हरेक जात जाती लगाएतका गित गाएर दर्शक नचाए । शनिबार नै लोक गायिका खडक कुमारी पुन, लोक गाएक अमित परियार, न्युत्यङ्गना रुविना अधिकारी, श्रीष्टि शाहि लागाएतका कलाकारले प्रस्तुती दिएका थिए ।  
हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ माघ १० गते देखि सुरु भएको बाँकेको खजुरामा कृषि, पर्यटन प्रवद्र्धन साँस्कृतिक एवं ऐतिहासिक धार्मिक मुसवेटवा बाबा प्रथम व्यापारिक महोत्सव बर्षाका कारण शुुक्रवार स्थगित भएको मेला शनिवार भने भब्यका साथ महोत्सव संचालनमा आएको थियो ।  महोत्सवमा दर्शकको भिडले प्रहरी प्रशासनलाई भिड व्यवस्थित गर्न समेत हम्मे हम्मे भएको थियो । 
 
शनिबार सम्पन्न महोत्सबमा प्रतक्ष दोहोरी , एकल न्युत्य प्रतियोगिताको दोश्रो चरनको चार प्रतियोगिले भाग लिए । दोश्रो चरनको राउण्डमा चारैजना छनोट भएका छन । महोत्सवमा कृषि उपजहरुको अवलोकन, सांस्कृतिक कार्यक्रमद्धारा मनोरन्जन र ¥याप्टिङको पनि व्यवस्था गरीएको छ । 
 
महोत्सव माघ २२ गतेसम्म चल्ने भएको छ । महोत्सबमा  आइतवार कमल खत्री, रेश्मा केसी, गोपाल नेपाल जिएम लगाएतको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार समितिका सम्योजक तिलक गाउँलेले जनाए ।