समाचार

चलचित्र विन्दास फोरको शुभमुहुर्त

 
नेपालगन्ज : आईतवार ९ माघ २०७३ / नेपाली कथानक चलचित्र विन्दास फोरको आइतवार नेपालगन्जमा शुभ मुहुर्त गरिएको छ । नेपालगन्ज स्थित वागेश्वरी मन्दिरमा पुजाआज गरि चलचित्र विन्दास फोरको शुभमुहुर्त गरिएको हो । 
 
नेपाली फिल्म जगतका चर्चित डाइरेक्टर राजु गिरिको निर्माणमा बन्न लागेको विन्दास फोरको सुटिङ बाँके, बर्दिया, सुर्खेत र दाङमा हुने डाइरेक्टर गिरीले बताए । मध्यपश्चिमक्षेत्र मै ९० प्रतिशत सुटिङग गरिने डाइरेक्टर गिरीले बताए । विन्दास चलचित्र विन्दास जस्तो बन्ने आश रहेको उनले विश्वास व्यक्त गरे । 
 
अहिले समाजमा वितिरहेका घटना र विकास क्रमलाई समेतेर चलचित्र विन्दास फोर बनाइरहेको हुनाले विन्दासले वजार पाउने पक्का रहेको सह निर्माता लक्ष्मण केसीले बताए । कलाकारिता क्षेत्र आफ्नो रुची रहेको हुनाले चलचित्र क्षेत्रमा लगानी गर्ने अवसर मिलेको उनले बताए । 
 
यातायात व्यवसायी समेत रहेका केसीले विन्दास फोर चलचित्रको कथा वस्तु अहिलेको जेनेरेशनका अनुसार रहेकोले दर्शकहरुले मनपराउने बताए । चलचित्रमा स्थानिय कलाकारहरुको समेत भुमिकाले मध्यपश्चिम क्षेत्रमा बढि बजार पाउने उनले बताए । 
 
५० लाखको लागतमा बन्न लागेको विन्दास फोर चलचित्रमा रिचर्ड कुमार, चिरण अधिकारी लगायतका कलाकारहरुको भुमिका रहेको अर्का सह निर्माता राजन वैश्यले बताए ।
 
कार्यकारी निर्माता खगेन्द्र तिरुवाले गरे छन भने विन्दास फोरमा अर्जुन पोखरेलले म्युजिक दिएका छन । चलचित्रमा ३ वटा गित र २ वटा द्वन्द्व समेत रहेको निर्माता खगेन्द्रले बताए ।