समाचार

माघ ८ देखि हुने फिल्म फेस्टिवलको तयारी तीव्र

 
नेपालगंज : बुधवार २७ पुष २०७३ / आगामी माघ ८ गते देखि नेपालगंजमा हुने नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने उक्त फेस्टिवलको सह आयोजकको रुपमा बास रहेको छ । 
 
फेस्टिवल भेरी प्राविधिक शिक्षालय हलमा हुनेछ । आयोजनालाई भव्यता दिन अन्य संघ संस्थाहरु सँग सहकार्य भइरहेको बताइएको छ ।
 
फेस्टिवलमा कालोपोथी, छायाँ, पुण्टेको पाँग्रो, म खुसी छु, मेला, हेलिकप्टर रेस्क्युअर अन द हिमालय, घुसको लोग्ने, रियालको खोजी, अ सङ्ग फर बारपाक, बियोण्ड द ह्वाइट केन र हरि बहादुर लगायतका तथा डकुमेन्ट्री फिल्महरु सहभागी छन । 
 
फेस्टिवलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धि कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछ । विद्यार्थीहरुका लागि अलग्गै कार्यशाला संचालन गरिनेछ भने १ दिन सार्वजनिक मैदानमा पनि फिल्म प्रदर्शन गरिनेछ । २ दिन सम्म चल्ने उक्त फेस्टिवलमा  राजधानी काठमाण्डौवाट डकुमेन्ट्री निर्माता एवं फिल्म निर्देशकहरु समेत सहभागी हुने छन् । 
 
‘फेस्टिवलको आयोजनाले यस क्षेत्रको इश्यु समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ’अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने  –‘फेस्टिवलमा आयोजनाहुने कार्यशाला नयाँ निर्माताहरुका लागि कोशे ढुंगा सावित हुनेछ ’। समृद्ध मध्यपश्चिम र सुन्दर सुदुर पश्चिमको नारालाई सघाउनु पनि फेस्टिवलको उद्देश्यहो ।
 
फेस्टिवलका लागि फिल्म संयोजन लगाएताका कार्यहरुमा सहयोग गरेकोमा अन्तरालले नेपाल इन्डिपेण्डेन्ट फिल्म मेकर सोसाइटीका अध्यक्ष अनुप सुवेदीलाई धन्यवाद दिएको छ । 
 
फेस्टिवल सफल पार्नको लागि अन्तरालले राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु , विद्मार्थी लगायत सवैमा समस्त संचारकर्मीहरु लाई अनुरोध गरेको छ ।
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal