समाचार

थारु भाषाका पाँच साहित्यकार सम्मानित

 
राजापुर,बर्दिया : आईतबार ३ पुष २०७३ / जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिक उत्सबमा पाँचजना साहित्यकार सम्मानित भएका छन् । यस ैगरि सोहि अवसरमा साहित्य र गीतबिधामा महत्वपूर्ण योगदान गरे बापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन् । 
सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या रहेका छन् । 
यसैगरि, कृष्णराज सर्बहारी रु २५,०००, बालिकाचौधरी रु १०,०००, दर्पण कुसुम्या रु १०,००० र गजलकार सेभेन्द्र कुसुम्या रु १०,००० नगद राशीले पुरुस्कृत भएका छन् । पुरुस्कारको व्यवस्थापन थारु होम रिसोर्ट ठाकुरद्धाराकी सञ्चालिका बिनिता चौधरी र म्यानेजिङ्ग डाइरेक्टर तथा समाजसेबी मोहनलाल चौधरीले गरेका थिए । 
जंग्रार साहित्यिक बखेरीको अभियानसँगै भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत युनिक नेपाल, मोहनलाल चौधरी, ठाकुर रामचौधरी, सरस्वती चौधरी र देश बिदेश बाट सहयोग गर्ने ब्यक्तिलाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ । 
जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिकोत्सबको अवसरमा सम्पन्न भएको सो कार्यक्रममा बिभिन्न साँस्कृतिक नाच र साहित्यकारहरुको भब्य प्रस्तूति रहेको थियो । 
कार्यक्रमका प्रमुख अतिथि सांसद डा. गोपाल दहितले जंग्रार साहित्यिक बखेरीले सामाजिक जनचेतना स्तरको बृद्धि गरेको भन्दै थरुहटको मुद्दामा लेखन तथा अभियान बढाउनुपर्ने बताए । थारु समुदायबाट अबबिद्याबारिधी गर्नुपर्छ यसो गरेमा मात्र हामी अरुको विकास र परिवर्तनको सिको गर्न सक्छौं । 
यसैगरि दहितले अब छिट्टै राजापुरमा पाँचबिगाहा क्षेत्रमा थारु संग्रहालय बन्ने बताएका छन् । 
कार्यक्रममा बिशेष अतिथि रहेका समाजमा शिक्षा प्रबद्र्धनका लागि दिगो सहकार्यका अध्यक्ष मोहनलाल चौधरीले जंग्रार साहित्यिक बखेरीले थारु भाषा र साहित्यको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । यसका लागि अझै पनि निरन्तर अभ्यास गरि रहनु जरुरी छ । अर्का बिशेष अतिथि तथा युनिक नेपालका अध्यक्ष देवमान चौधरीले जंग्रार साहित्यिक बखेरीको साहित्यिक बखेरीको अभियान जोगाइ राख्न आग्रह गरे । 
कार्यक्रमको सभाध्यक्ष तथा जग्रार साहित्यिक बखेरीका केन्द्रिय अध्यक्ष सोम डेमनडौराले जंग्रार साहित्यिक बखेरीले युवा साहित्यकारको मनोबल बढाउनुको साथै थारु साहित्यका लागि अग्रणी भूमिका खेलेको दाबि गरे ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal