समाचार

कृषक समुहको सार्वजनिक सुनुवाई

https://play.google.com/store/apps/details?id=com.itechnepal.rubarufmandroidapp

मोबाइलमा रेडियो रुबरु एफ एमको एप डाउनलोड गर्नुहोस् ।

 

नेपालगन्ज : आईतबार २० मंसिर २०७३ / नमस्ते कृषक समुह हिरमिनियाले सोमबार आफ्नो दोश्रो सार्वजनिक सुनुवाई गरेको छ । व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजना अन्तर्गत सार्वजनिक सुनुवाई गरिएको हो । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदानमा हिरमिनियामा तरकारी खेतीका लागि ४० लाख ८४ हजारको उपआयोजना सञ्चालित छ । जसमध्ये १८ लाख २५ हजार ८ सय ४० रुपैयाँ साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान र २२ लाख ५८ हजार १ सय ६० रुपैयाँ नमस्ते कृषक समुहको लगानीमा सञ्चालित कार्यक्रममा प्रथम किस्ताको आयव्यय प्रस्तुत गरिएको थियो । प्रथम किस्ताको रकमबाट ६ लाख मूल्यको आलुको बिउ खरिद गरी रोपिएको उपआयोजनाले जनाएको छ । कृषक समुहका अध्यक्ष रोहित खटिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम किस्ता अन्तर्गत आयोजनाबाट प्राप्त ३ लाख ६५ हजार १ सय ६८ र समुहको १२ लाख ९ हजार ३ सय ८३ गरी १५ लाख ७४ हजार ४ ५१ रुपैयाँको कृषियन्त्रलगायत विभिन्न सामग्री खरिद गरिएको बताइएको थियो । नमुन कृषि सेवा केन्द्र उदयपुरका प्रमुख निर्मल रेग्मीको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा प्रथम किस्ताको प्राप्त रकमबाट एउटा पावर टिलर, स्प्रे मेशिन, बोरिङ, मोटरलगायतका सामग्री खरिद गरि कृषकहरुलाई उपलब्ध गराइएको जानकारी दिईएको थियो । कृषक सदस्यहरुलाई बजारमा अत्याधिक माग भएको तरकारी अग्रिम करार सम्झौतामार्पmत बिक्री गरी आयस्रोतमा बृद्धि गर्ने उद्देश्यले उपआयोजना सञ्चालन गरिएको भन्दै क्षेत्रीय गैह्र सरकारी संस्थाका रत्नबहादुर बुढाले यस कार्यक्रमले व्यावसायिक तरकारी खेतीमार्पmत घरपरिवारको आयआर्जनमा बृद्धि भई समुहका सदस्यहरुको जीवनस्तरमा सुधार हुने बताए । दोश्रो किस्ताअन्तर्गत ६ हजार ५ सय ४२ रुपैयाँ माग गर्ने र बाँकी रकम समुहले लगानी गर्ने भन्दै समुहका अध्यक्ष खटिकले यस उपआयोजनाले तरकारी खेतीको क्षेत्रफलमा १८ दशमलव २ हेक्टर बृद्धि भई बार्षिक करिब ५ सय ५० मेट्रिक टन थप बृद्धि हुने जानकारी दिए । कार्यक्रममा बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवर, ईलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी सहायक निरीक्षक देवबहादुर केसी, कृषक, नागरिक समाजका प्रतिनिधी, बुद्धिजीविलगायतको उपस्थिती रहेको थियो ।