स्वास्थ्य

  • news

    उद्योगहरुबाट निस्कीने धुवाँ/धुलोले नगर क्षेत्र प्रदुषित

      नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / नेपालगंज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रदुर्षण गरेको पाइएपछि अब निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाँ÷धुलोले नगर क्षेत्रको वायू प्रदुर्षण गरेको व्यापक जनगुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो  । उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे...

  • news

    कोहलपुरको थारु गाउँ हात्तिपाइले रोगको उच्च जोखिममा, उप–प्रमुख सञ्जु कुमारी द्वारा दुःख व्यक्त

    नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / कोहलपुर नगरपालिका अन्तर्गतका वडा नं. ५ र ६ हात्तिपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाको ५ र ६ नंम्वर वडा भित्रको थारु समुदायका २ सय ५७ जनाको रगत परीक्षण गर्दा ५४ जनामा हात्तिपाइलेको संक्रमण देखिएको छ । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र रझेना स्वास्थ्य चौकीले संयुक्त रुपमा रझेना थारु गाउँमा स्थानीयको रगत परिक्षण...

  • news

    बाढीग्रस्त क्षेत्रमा महामारीको खतरा नरहेको स्वास्थ्य मन्त्रालयको भनाइ

      बिहिबार ८ भदौ २०७४ / बाढी र डुवा प्रभावित क्षेत्रमा महामारीको कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रभावित क्षेत्रमा मन्त्रालयले स्वास्थ्य शिविर तथा अस्थायी केन्द्रबाट पिडितलाइ सेवा सुविधा दिने काम गरेकोले कुनै रोग, स्वास्थ्यसँग सम्बन्धीत समस्या वा महामारीको खतरा नरहेको जानकारी दिएको हो । अहिलेसम्म करिब २४ हजार १ सय ६९ जनालाई स्वास्थ्य सेवा...

  • news

    रेडियो सदभावको स्वास्थ्य शिविरमा ७ सय बढीको उपचार

      नेपालगंज : शनिबार ०३  भदौ २०७४ / नेपालगन्जको रेडियो सदभावले बाढीप्रभावित बाँकेको राप्तीसोनारी गाउँपालिका तीन स्थित बैजापुरमा आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा सात सयबढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । तिमध्ये जटिल प्रकृतिका ५० बढीलाई बिशेषज्ञ उपचारका लागि नेपालगन्जका अस्पतालमा रिफर गरिएको छ ।  जेष्चर्स अफ काइन्डनेस ग्रुप र नेपालगन्ज मेडिकल कलेजका...

  • news

    सशस्त्र प्रहरी द्धारा बेतहनीमा निःशुल्क स्वास्थ्य शिविर

      नेपालगन्ज : शुक्रवार २ भदौ २०७४ / बाढी आएपछि विरामी पर्न थालेका बाँके बासीहरुलाई स्वास्थ्योपचार दिन सशस्त्र प्रहरी बलले आज डुडुवा गाउँपालिकाको वडा नं. २ बेतहनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाण्डौबाट आएको बिभागीय चिकित्सक डा.निषिता पाठक र डा.सन्तोष बजगाईं लगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । सशस्त्र प्रहरी बलद्धारा बाँके...

  • news

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

      यदुराज मिश्र नेपालगंज : बुधबार ३२ साउन २०७४ / बाढी प्रभावित क्षेत्रका स्थानीयबासी बिरामी पर्न थालेपछि राष्ट्रीय जनता पार्टी राजपा नेपालले आज बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एम्बुलेन्ससहित राजपाको टोली स्वास्थ्य शिविर लिएर त्यहाँ पुगेको हो । डुडुवाको वडा नं. १ होलियास्थित पिप्रहवा, खडैचा र टेपरी गाउँमा सञ्चालन गरिएको निःशुल्क...

  • news

    स्वाइन फ्लुबाट १० को मृत्यु , सरकार भन्छ रोग नियन्त्र बाहिर छैन

      काठमाडौँ बुधबार २५ साउन २०७४ / स्वाइन फ्लूका कारण १० जनाको मृत्यु भएको छ । पोखराका तीन र झापाका दुई तथा स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं, ललितपुरका एक एक जनाको मृत्यु भएको छ भने ३६१ जनामा एच वान एन वान पीडीएम ०९ को संक्रमण देखिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनफ्लु) का कारण हालसम्म ३८१ बिरामी...

  • news

    शहरी गरिब बस्तीका ६४ बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण

      सिराज खान नेपालगंज : सोमवार ८ जेठ २०७४ / पोषण सप्ताह २०७४ को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको शहरी गरीब बस्तीमा बसोबास गर्ने ६४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।   जिल्ला  जनस्वास्थ्य कार्यालय बाँके, मेडिकल कलेज कोहलपुर, सेभ द चिल्डे«ेन र बाँके युनेस्को क्लबले संयुक्त रुपमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि आयोजित स्वास्थ्य...

  • news

    सामुदायिक स्वास्थ्य तथा विकास परियोजनाको अनुगमन

      नरेन्द्र थापा नेपालगन्ज : बुधबार ३ जेष्ठ २०७३ / आईएनएफ बाँके द्वारा सामुदायिक स्वास्थ्य तथा विकास परियोजना अन्तरगत संचालित कार्यक्रमहरुको अनुगमन गरिएको छ । बाँकेको नरैनापुर, मटेहीया, विनौना लगायतका स्थानमा संचालित उक्त कार्यक्रमको आज अनुगमन गरिएको हो । त्यस्को साथै आईएनएफ द्वारा विनौना तथा बैजापुरमा संचालित अपांगताको क्षेत्रमा समुदायमा आधारित पुर्नस्थापना...

  • news

    भिटामिन ए तथा जुकाको औषधि खुवाईंदै

      बुधवार ०६ चैत्र २०७३ / पाँच वर्षमुनिका बालबालिकालाई आज र भोली भिटामिन ए तथा जुकाको औषधि खुवाईंदैछ । सरकारको नियमित कार्यक्रम अनुसार २० वर्षदेखि भिटामिन ए को औषधि खुवाईंदै आइएको छ । ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए को कमीका कारण लाग्ने रोगको...

  • news

    डाक्टरलाई हातपात गरेको बिरोधमा ओपीडी सहित एमेर्जेंसी सेवा ठप्प

    नेपालगंज : सोमवार ४ चैत्र २०७४ / नेपालगंज मेडिकल कलेजका डाक्टर तथा कर्मचारीहरुले आज बिहानै देखि ओपीडी सहित एमेर्जेंसी सेवा ठप्प पारेका छन् । गए राती १२ ४५ बजे उपचारका लागि अस्पतालको एमेर्जेंसी सेवामा आएका नेपालगंज ६ निवासी होम बहादुर क्षेत्रिको उपचारकै क्रममा मृत्यु पछि मृतकको आफन्तहरु द्वारा ड्युटीमा खटिएका चिकित्सकलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्कि समेत दिएको...

  • news

    हात्तीपाईले औषधि सेवनको पहिलो दिन बाँकेमा उत्साहजनक सहभागिता

      बाँके : शनिवार ५ चैत २०७३ / राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ  । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।   पहिलो दिन शनिबार बाँकेमा उत्साहजनक सहभागिता देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले...

  • news

    हात्तिपाइले रोग विरुद्धको औषधी भोलीदेखि ३ दिन सम्म खुवाइने

      नेपालगंज : शुक्रबार ४ चैत २०७३ / भोलीदेखि ३० जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदैछ । ३ दिन सम्म खुवाइने अभियानका लागि  बाँकेमा दुई हजार ३ सय ३ स्वयं सेवक, ३ सय ४६ स्वास्थ्यकर्मी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा १६ प्रतिशतमा अझैं हात्तिपाईलेको संकेत देखिएकोले खतरामुक्त नरहेको जनाउँदै सचेत रहन अपील गरेको छ ।   रगतमा हुने...

  • news

    जाजरकोट बस दुर्घटनाका घाइतेहरुको नेपालगन्जमा उपचार हुदै

      नेपालगंज : शनिबार २८ फागुन २०७३ / जाजरकोटकस्थित भेरी मालिका नगरपालिकाको वडा नं ४ पासागाडमा बस दुर्घटना हुँदा  २७ जना घाइते हुनु भएको मध्ये प्रारम्भिक उपचारको लागि मेडिकल कलेज नेपालगन्ज, वेष्टर्न हस्पिटल तथा भेरी अञ्चल असप्तालमा उपचारका लागि भर्ना गरिएको घाइतेहरुको अस्पतालका सम्बन्धीत चिकित्सकहरुले उपचार गरिरहेको बारे जानकारी प्राप्त भएको छ ।   यसैक्रममा मिति...

  • news

    फत्तेबाल आँखा अस्पतालको २३ औं जिल्ला सभा सम्पन्न

      नेपालगन्ज : शनिबार २१ फागुन २०७३ / फत्तेबाल आँखा अस्पतालको सेवा सुविधालाई अझ प्रभावकारी बनाइनु पर्ने नेपाल नेत्रज्योति संघ बाँके शाखा फत्तेबाल आँखा अस्पतालको आज भएको २३ औं जिल्ला सभामा बोल्ने वक्ताहरुले बताएका छन् ।    अस्पतालका सभापति रतन कुमार टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले अन्य जिल्लाहरुमा शाखा बिस्तार गरी अन्धोपनबाट...