अन्तराष्ट्रिय

  • news

    यमनमा हैजाका कारण १ सय १५ जनाको मृत्यु

      सोमबार ०१ ज्येष्ठ २०७४ / द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण १ सय १५ जनाको मृत्यु भएको छ । हैजाको प्रकोपबाट ८ हजार ५ सयभन्दा बढी बिरामी परेका अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ । बिरामीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरु यमनमा पुगेका छन् ।    यसअघि विश्व स्वास्थ्य संगठनले यमनमा हैजाका कारण ३४ जनाको...

  • news

    ब्रिटिश संसद् भवनमा हमला प्रयास : पाँचको मृत्यु, ४० घाइते : विश्वका नेताहरुद्धारा निन्दा

    बिहिबार १० चैत्र २०७३ / ब्रिटिश संसद् भवनमा हमला प्रयास भएको छ । लण्डन स्थित ब्रिटिश संसद भवननिर भएको आतंकवादी हमलामा एक प्रहरी र एक हमलाकारी सहित कुल पाँच जनाको मृत्यु भएको छ ।  घटनामा ४० जना घाइते भएका छन् । एकजना हमलाकारीले आफू चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए ।   लण्डनमा भएको आतंकवादी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् ।...

  • news

    धावन मार्गमै विमान दुर्घटना

      जाकर्ता : बिहिबार २० माघ २०७३ / इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ ।   अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।   इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हुँदा कुनै...

  • news

    अमेरिकी अधिकारीहरुले गरे ट्रम्पको निर्देशनको विरोध

      अमेरिकी अधिकारीहरुले नै राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धि आदेशको विरोध गरेका छन् । न्याय विभागले ट्रम्पनीतिको प्रतिरक्षा नगर्ने निर्णय गरेको छ । निमित्त महान्यायाधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने प्रष्ट गर्नु भएको छ ।   निवर्तमान राष्ट्रपति बराक...

  • news

    चुनावी सुरक्षामा केन्द्रित नेपाल भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक

      रुबरु ताजा खबर : शुक्रबार ७ माघ २०७३ / भारतीय क्षेत्रमा निर्वाचनको तयारी तीब्र रुपमा अघि बढि रहेका बेला नेपाल भारत सुरक्षा अधिकारीहरु एकै स्थानमा चुनावी सुरक्षा योजना बारे छलफल अघि बढाएका छन् ।   भारत बहराइच जिल्लाको एसएसबी मुख्यालय अगैयामा भारत नेपाल संयुक्त सीमा समन्वय सुरक्षा बैठकमा भारतीय अधिकारीहरुले सिमापारबाट हुन सक्ने अपराधलाई निस्तेज गर्न दुबै देशका...

  • news

    एटा र फर्रुखाबाद सडक दुर्घटनामा १९ स्कुले बालबालिकाको मृत्यु, ४६ घाइते

      भारत : बिहीबार ६ माघ २०७३ / उत्तरप्रदेशको एटामा बिहीबार बिहान भएको सडक दुर्घटनामा १९ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् ।   त्यस्तै एटासंगै सटेको अर्को जिल्ला फर्रुखाबादमा पनि स्कुलवैनलाई डीसीएमले ठक्कर दिदा आधा दर्जन स्कुले बालबालिका घाइते भएका छन् ।   यो दुर्घटना एटाको अलीगञ्ज रोडमा भएको हो ।...

  • news

    लिबियाको यात्रुवाहक विमान अपहरण, सबै यात्रु रिहा

      शुक्रबार ८ पुष २०७३ / अपहरणमा परेको लिबियन विमानका सबै यात्रु शकुशल रिहा भएका छन् । चालक दलका सदस्यसहित ११८ जना सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो ।     अपहरणको आशंका गरिएको विमान माल्टा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरियो । अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा...

  • news

    डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति, ट्रम्प २७६ र हिलारीको २१८ इलेक्ट्रोरल मत

      बुधबार २४ कात्तिक २०७३ / अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।    राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७०...

  • news

    पाँच सय र एक हजारको भारु नोट प्रतिबन्ध

      मंगलबार २३ कात्तिक २०७३ / जाली नोटको कारोवार रोक्न भन्दै भारतले ५०० र १००० रुपैयाँमाथि आज रातीदेखि प्रतिबन्ध लगाएको छ । आज साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो  घोषणा गरेका हुन् ।   यसको असर, नेपालको अर्थतन्त्रमा पनि पर्नेछ । मुलत तराई क्षेत्रमा यस्ता नोटको प्रयोग हुँदै आएको थियो । कैयौ नेपाली भारतमा काम गरेर...

  • news

    सिररियामा भएको हवाई हमलामा २२ बालवालीकाको मृत्यु

    विहीबार ११ कात्तिक २०७३ / उत्तरी सिरियामा स्कूलमा भएको हवाई हमलामा बालवालीकाको मृत्यु भएको छ । उत्तरी सीरिया कोें विद्रोहिले कब्जामा लिएको एक गाउँमा हवायृ हमला हुादा २२ स्कूलका बालवालीका मृत्यु भएको वीवीसीले लेखेको छ । इदलिब प्रान्तको हास गाउँमा हमला गरिएको थियो । त्यो गाउँ सीरियाली विद्रोहिले कब्जा जमाएको गाउँमा रुपमा मानिन्छ । संयुक्त राष्ट्रसंघ अन्र्तगतको यूनिसेफले...

  • news

    ड्रोन हमलामा अलकायदाको कमाण्डर मारिएको दावी

    विहीबार ११ कात्तिक २०७३ / अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा एक जना अल कायदाका नेता मारिएका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको कुनार प्रान्तमा गरिएको हमलामा फारुक अल कोहतनी मारिएको अमेरिकी अधिकारीहरुले दावी गरेका छन् । युरोप र अमेरिकाका विभिन्न आक्रमणको योजना बनाउँदै आएका फारुक अल कायदाका मुख्य कमाण्डर मानिन्छन् । उनले अफगानिस्तानमै बसेर अमेरिका र युरोपका...

  • news

    अमेरिकाले डीभी चिठ्ठा असोज १८ देखि खोल्दै

      शनिबार : १५ असोज २०७३ / डाइभर्सिटी भिसा मार्फत अमेरिका जानको लागि आगामी १८ असोजबाट डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो ।   ‘डीभी कार्यक्रम अक्टोबर ४, २०१६ ९१८ असोज २०७३० मा इस्टर्न स्ट्यान्डर्ड टाइमको...

  • news

    सिरियाको अलेप्पोमा क्षेत्रीय अस्पतालमाथि फेरि हवाई हमला

      शनिबार : १५ असोज २०७३ / सिरियाको अलेप्पोमा सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक हवाई हमला भएको खबर प्राप्त भएको छ । सिरियाको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा भएको हवाई हमलाले एक हप्तामा दोस्रोपटक उक्त क्षेत्रको सबैभन्दा ठूलो अस्पताललाई निशाना बनाएको एउटा स्वास्थ्य सहायता संस्थाले बताएको छ। अस्पताललाई सहयोग गर्ने सिरियन अमेरिकन मेडिकल सोसवाईटीले...