• news

    ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ नेपालगन्जमा राष्ट्रिय शैक्षिक महोत्सव हुने

      नेपालगंज : बिहिबार ५ असोज २०७४ / ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक राष्ट्रव्यापी शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५...

  • news

    म्यानमार बिरुद्ध नेपालगंजमा विरोध प्रदर्शन , रोहिंग्या मुस्लिमको सुरक्षाको मांग_फोटो सहित

      नेपालगंज : आईतबार २५ भदौ २०७४ / म्यानमारमा रोहिंग्या मुसलमानहरु माथि भईरहेको नरसंहारको विरोधमा नेपालगंजका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी बाँके मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएका छन् । रोहिंग्या मुसलमानहरु माथि भईरहेको नरसंहारको बिरुद्धमा नेपाल स्थित म्यानमार दुतावासलाई नेपाल सरकारले कडा शब्दमा बिरोध गर्न , कुटनीतिक दबाव दिन र राष्ट्र संघमा यस...

  • news

    स्याङजा समाज जापानद्धारा बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण

      बर्दिया : शुक्रबार २४ भदौ २०७४ / स्याङजा समाज जापानले आज बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण गरेको छ । आज एक कार्यक्रमका बिच बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई १ लाख ५० हजार मुल्यको राहात वितरण गरीएको हो । स्याङजा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको सो रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोति वितरण गरीएको राहात वितरण कार्यक्रमका संयोजक...

  • news

    ईदुल अजहाको अवसरमा राष्ट्रिय मुस्लिम आयोगको शुभकामना

      शनिबार १७ भदौ २०७४ / इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल अजहाको अवसरमा राष्ट्रिय मुस्लिम आयोगले सबैमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेको छ । आयोगका सदस्य सचिव मोहम्मद खालिद इकबाल इराकी द्वारा हस्ताक्षरित शुभकामना सन्देशमा यस महान पर्वले नेपालीहरुमा धार्मिक तथा सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त...

  • news

    हज र कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको पर्व ईदुलअजहा (बकराईद)

      शकील अहमद कादरी नेपालगंज : हज र कुर्वानी (बलि) गर्नु पर्ने प्रमुख विषेशता रहेको यस पर्वमा मुस्लिम समुदायले ईगदाहमा नमाज पढिसकेपछि मालिके निसाब (धनी) ले दक्ष अनुसारको पशु कुर्वानी (बलि) गर्नु पर्ने  धार्मिक नियम रहेको छ । यदी मालिके निसाब (धनी) व्याक्तिले कुरबानी गरेन भने ऊ गुनाहगर (दोषी) ठहरिन्छ । त्यो महिला होस वा पुरुष सबैमा लागू हुन्छ । कुर्वानी दिएको जनावरको मासु तीन...

  • news

    विद्युतिय पुस्तकालय निमार्ण गर्नुपर्छ : सांसद देवराज भार

    कोहलपुर : बिहिबार १५ भदौ २०७४ / बाँके क्षेत्र नं. १ का सांसद देवराज भारले ज्ञानोदय सामूदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई विद्युतिय पुस्तकालयका रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘जीवनपर्यन्त शिक्षाकालागि एक स्थानिय तह एक नमूना पुस्तकालय’ भन्ने मुल नाराका साथ १० औं राष्ट्यि पुस्तकालय दिवस तथा ज्ञानोदय सामूदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १६ औं वार्षिक साधारण...

  • news

    कोरियामाथि कारबाहीको विकल्प नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

      बिहिबार १५ भदौ २०७४ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताउनुभयो । उहाँले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको स्पष्ट पार्दै अब कारबाहीको विकल्प नरहेको...

  • news

    केन्द्र र प्रदेशसभाको चुनावका लागि आचारसंहिता लागु

      बिहिबार १५ भदौ २०७४ / प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ । मंसिर १० गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन ऐन २०७३ को...

  • news

    बालबालिकाको शैक्षिक शिप सुधारका लागि पैरवी तथा चेतनामूलक अभियान संचालन

      सिराज खान नेपालगंज : बिहिबार १५ भदौ २०७४ / कक्षा १ देखि ३ सम्मका बालबालिकाको शैक्षिकस्तर सुधारका लागि बाँके जिल्लामा गाउँ तथा वडा तहमा बिशेष प्रकारको पैरवी तथा चेतनामूलक अभियान संचालन गरिएको छ ।  सानो उमेरदेखिनै बालबालिकामा शिक्षाको जग बलियो बनाउने उदेश्यले प्रारम्भिक कक्षा पढाईका लागि जिल्लाका सबै ८१ वटा वडामा सो पैरवी तथा चेतनामूलक अभियान संचालन गरिएको जिल्ला...

  • news

    ईदुल अजहाको सार्वजनिक बिदा आइतबार

      बुधबार १४ भदौ २०७४ / गृह मन्त्रालयले यही भदौ १८ गते आइतबारका दिन ईदुल अजहा (बकराईद)को  सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व  ईदुल अजहा यही मिति २०७४ भदौ १७ गते शनिवार देखि शुरु हुदैछ । नेपाल सरकार गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी बिदा दिने घोषणा गरेको हो...

  • news

    एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने एमाले अध्यक्ष ओलीको चेतावनी

      बुधबार १४ भदौ २०७४ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । थाइल्याण्डको बैंककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले राजनीति पार्टी राजपाले राजनीतिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । अवरोध, तोडफोड र हिंसाको राजनीति...

  • news

    बेपत्ता परिवारलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह

      विनोद पाण्डे नेपालगंज : बुधबार १४ भदौ २०७४ / बेपत्ता भएका व्यक्तिका परिवारले आफूलाई अन्यौलमा नराख्न राज्य सँग आग्रह गरेका छन् । बेपत्ता भएको १५ वर्ष भइसक्दा समेत अवस्था सार्वजनिक नहुँदा आफूहरूले धार्मिक परम्परा अनुसार काजक्रिया गर्ने÷नगर्ने विषयमा अन्यौल भएको पीडितहरूले गुनासो गरे ।  बल पूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा...

  • news

    उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण, राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक

      बुधबार १४ भदौ २०७४ / जापान र अमेरिकाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो । सुरक्षा परिषद्को बैठक गएराती बसेको छ । जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र ब्रिटेनले पछिल्लो...

  • news

    भारतको मुम्बईमा भारी वर्षा, ५ जनाको मृत्यु, हवाई र रेलवे सेवा अबरुद्ध

      बुधबार १४ भदौ २०७४ / भारतको मुम्बईमा भारी वर्षाका कारण ५ जनाको मृत्यु भएको छ भने डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् । भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् । मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण...

  • news

    शिक्षा ऐन संसोधनमा कुनै राजनीतिक स्वार्थ नरहेको शिक्षा मन्त्रीको दावी

      बुधबार १४ भदौ २०७४ / उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नवौ शिक्षा ऐन संसोधनमा कुनै राजनितिक स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । आठौ शिक्षा संसोधन ऐन कार्यान्वयनमा नआउदै सरकारले संसदमा नबौ शिक्षा संसोधन ऐन पेश गरेको भन्दै सरकार समर्थित सांसदहरुले नै बिरोध गरेका थिए । राजनितिक आधारमा अस्थाई शिक्षकहरुलाई जोगाउन शिक्षा ऐन संसाधेन गर्न लागेको आरोप...