• news

    संमृद्ध बाँकेका लागि मेरो उमेदवारी : इस्तियाक राई

      नेपालगंज : बुधबार २२ कार्तिक २०७४ / संघीय समाजवादी फोरम नेपाल बाँकेले चुनावी अभियान तीव्र बनाएको छ । जिल्लामा कार्यकर्ता तथा मतादाता भेटघाट, संगठन सुदृढिकरण तथा चुनावी क्रियाकलापहरु सुरु गरिएको पार्टीले जनाएको छ । बुधबार पार्टीले प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगतको नेपालगन्ज वडा नं. १, ५ तथा १३ मा कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ । त्यस क्रममा...

  • news

    राप्रपा कार्यालयमय हातपात, आफ्नै कार्यकर्ताद्वारा कुटिइन जनप्रतिनिधि

      नेपालगंज : बुधबार २२ कार्तिक २०७४ / नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटीएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेबाट नेपालगन्ज उप–महानगरपालिकाको वडा ४ का वडा सदस्य एवं नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाही माथि हातपात भएको छ । राप्रपा पार्टी कार्यालयमा जिल्ला सदस्य विष्णु सिंह ठकुरीले उनी माथि...

  • news

    योगी नेपाल प्रहरीको नियन्त्रणमा, ४५ थान गोलीसहित एयरगन बरामद

      नेपालगंज : बुधबार २२ कार्तिक २०७४ / ४५ थान गोली र एक थान एयरगन सहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगी लाई चेकजाँच गर्दा कम्मरको भागमा लुकाई ल्याएको  एक थान एयरगन  र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ बजे नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय...

  • news

    नेपालगन्ज उप महानगरपालिकाको नगरसभा फेरि अनिश्चित

      नेपालगंज : बुधबार २२ कार्तिक २०७४ / आजका लागि तय गरिएको नेपालगन्ज उप महानगरपालिकाको नगरसभा फेरि अनिश्चित बनेको छ । तयारी नपुगेको भन्दै मिति नै टुङ्गो नलागेर नगरसभा सारिएको हो ।  यसअघि भदौ २८ गतेका लागि तय गरिएको नगरसभा तयारी नपुगेको भन्दै कार्तिक २२ गते गर्ने भनेर बोर्ड बैठकले मिति टुङ्ग्याएको थियो । केही वडाहरुले वडा भेला सम्पन्न नगरेका कारण हुने नगरसभा स्थगित भएको...

  • news

    उद्योगहरुबाट निस्कीने धुवाँ/धुलोले नगर क्षेत्र प्रदुषित

      नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / नेपालगंज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रदुर्षण गरेको पाइएपछि अब निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाँ÷धुलोले नगर क्षेत्रको वायू प्रदुर्षण गरेको व्यापक जनगुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो  । उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे...

  • news

    कोहलपुरको थारु गाउँ हात्तिपाइले रोगको उच्च जोखिममा, उप–प्रमुख सञ्जु कुमारी द्वारा दुःख व्यक्त

    नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / कोहलपुर नगरपालिका अन्तर्गतका वडा नं. ५ र ६ हात्तिपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाको ५ र ६ नंम्वर वडा भित्रको थारु समुदायका २ सय ५७ जनाको रगत परीक्षण गर्दा ५४ जनामा हात्तिपाइलेको संक्रमण देखिएको छ । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र रझेना स्वास्थ्य चौकीले संयुक्त रुपमा रझेना थारु गाउँमा स्थानीयको रगत परिक्षण...

  • news

    बाम गठबन्धन फुटाउन विदेशी शक्तिहरु षड्यन्त्र गर्दैछन् : नेता महरा

      नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / उपप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बाम गठबन्धन हुँदा नेपाली कांग्रेस तथा लोकतान्त्रिक गठबनधन क्षतबिच्छेद भएको बताएका छन । बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले मंगलबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महराले एमाले/माओवादी केन्द्रको गठबन्धनबाट बिदेशी...

  • news

    स्थानीय अवधी भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न प्रस्ताव

      नेपालगंज : सोमबार २० कार्तिक २०७४ / स्थानीय तह अन्र्तगत नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय अवधी भाषामा दैनिक काम काजको भाषा पनि पारित गर्ने विषयमा आज प्रस्तावना पत्र दिइएको छ । अवधी अगुवा, समाजसेवी, जनप्रतिनि तथा पत्रकारहरुको एक टोलीले नेपालगन्ज उप महानगरपालिकाका उपमेयर उमा थापा मगरलाई ज्ञापन पत्र दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट अवधी भाषा भाषी समुदायका नागरिक...

  • news

    जाजरकोटका लागि छुटेका बस अगैया नजिकै दुर्घटना,१२ जना घाइते,५ जनाको अवस्था गम्भिर

      नेपालगंज : सोमबार २० कार्तिक २०७४ / काठमाडौं देखि जाजरकोटका लागि छुटेका बस बाँकेको राप्तीसोनारी–२ अगैया नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख यज्ञ बहादुर भट्टराईले जानकारी दिनुभएको छ । करिव ३५ यात्रु बोकि जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्बरको रात्रीबस आज...

  • news

    बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा सर्तकता सूरु

      नेपालगंज : सोमबार २० कार्तिक २०७४ / प्रदेशसभा र प्रतिनिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा तयारी सूरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र प्रहरी अनुसन्धानको टोलीले निर्वाचन केन्द्रित सुरक्षा सर्तकता सूरु गरेका हुन् । निर्वाचन केन्द्रित गर्दै जिल्लामा सुरक्षाकर्मीले चेकजाँच, सुरक्षा संवेदनशील क्षेत्रमा निगरानी, सवारी चेकजाँच, भारतीय गाडीमा कडाई र...

  • news

    कब्रिस्तानलाई व्यवस्थित गर्न मुस्लिमहरु संगठित

      नेपालगंज : शनिबार १८ कार्तिक २०७४ / नेपालगंजमा वर्षौ देखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । नेपालगंज उपमहा नगरपालिका–४ मा रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६० कट्ठा क्षेत्रफलमा फैलिएको कब्रिस्तानको पुरै भाग घेराबार गरेपछि मुहार...

  • news

    बाम गठबन्धन बाँकेको निर्वाचन परिचालन सचिवालय गठन

      नेपालगंज : शनिबार  १८  कार्तिक २०७४ / संयुक्त बाम गठबन्धनले बाँकेमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । संयुक्त बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका प्रकाश सुवेदी रहेका छन् । सदस्यहरुमा नेकपा एमालेबाट पूर्व केन्द्रीय सदस्य देवराज भार,...

  • news

    नेपालगंजमा गुरुनानक जयन्ती मनाईदै

    नेपालगंज : शनिबार  १८  कार्तिक २०७४ / आज शिख धर्मालम्वीहरुको महान पर्व गुरु नानक जयन्ती मनाईदै छ । नेपालगंजमा रहेका शिख समुदायले बिभिन्न धार्मिक गतिबिधि गरेर जयन्ती मनाउँदैछन् । गुरु नानक जयन्तीको अवसरमा आज विपी चोक स्थित गुरुद्धारामा गरुनानक बारे धार्मिक प्रवचन, भजन, किर्तन तथा प्रसाद बितरण गरिरहेको गुरुद्धाराका सल्लाहकार अमरजित सिहले जानकारी दिनुभयो । बिहिबारदेखि...

  • news

    निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने : एमाले अध्यक्ष ओली

      शुक्रबार १७ कार्तिक २०७४ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जन चाहना अनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा अबको एकमात्र राजनीतिक उदेश्य समृद्धि रहेको भन्दै उहाँलेवाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको बताउनुभयो । मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब,...

  • news

    आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारलाई कडा कारवाही गर्ने निर्वाचन आयोगको चेतावनी

      शुक्रबार १७ कार्तिक २०७४ /  निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा ‘युवाहरुका लागि निर्वाचन सम्बन्धि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यस्तो चेतावनी दिनुभएको हो । मतदातालाई...