• news

    लोकतान्त्रिक गठबन्धनलाई जुनसुकै हालतमा जिताउनुपर्ने : प्रधानमन्त्री देउवा

      नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाबीच आज बिहान छलफल भएको छ । सुरक्षा गोष्ठी उद्घाटन गर्न तथा लोकतान्त्रिक गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन हिजो  बाँके आउनु...

  • news

    वाम गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त

      नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / संयुक्त वामगठबन्धनले नेपालगंजको वडा नं. ३ मा वडा कार्यालय स्थापना गरेको छ । चुनावी अभियानलाई प्रभावकारी बनाउनका लागि वाम गठबन्धनले वडा–वडामा कार्यालयहरु राख्न थालेको हो । वडालाई केन्द्रित गरी चुनावी गतिविधि गर्नका लागि सबै वडामा कार्यालय राख्न थालेको जिल्ला निर्वाचन परिचालन कमिटीले जनाएको छ । बुधबार वडा नं. ३ को वडा कार्यालय...

  • news

    लोकतान्त्रिक गठबन्धनले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सहित घरदैलो

      नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको घरदैलोमा निस्केका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदाताले भव्य स्वागत गरेका छन् । लोकतान्त्रिक गठबन्धनले आज बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सहित घरदैलो गरेको थियो । बाँके क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभाका उम्मेदवार राप्रपाका ओमप्रकाश आजाद,...

  • news

    एसीसी यू–१९ एसिया कपमा नेपालद्वारा मलेसिया पराजित, नेपाल सेमिफाइनलमा प्रवेश

      नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।  क्वालालम्पुर स्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५ दशमलब ३ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । ...

  • news

    मदन भण्डारीले देखेको सपना अब पूरा हुने : अध्यक्ष ‘प्रचण्ड’

      नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ ।  चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदन स्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनु भएको हो । वाम गठबन्धनको...

  • news

    वाम गठबन्धनको नेपालगंजमा घरदैलो अभियान शुरु

      नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / संयुक्त वामगठबन्धनले नेपालगञ्जमा घरदैलो अभियान शुरु गरेको छ । क्षेत्र नं. २ र प्रदेश सभा ‘ख’ मा पर्ने नेपालगञ्ज बजारबाट वामगठबन्धनले घरदैलो अभियान शुरु गरेको हो । क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र प्रदेशका उम्मेदवार विजयकुमार गुप्तासहितको टोलीले नेपालगञ्ज–२, घरबारीटोलबाट अभियानको शुरुवात गरेका छन् ।...

  • news

    लोकतन्त्र बचाउन नेपाली काँग्रेसले चुनाव जित्न आवश्यक : देउवा

      नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन नेपाली काँग्रेसले चुनाव जित्न आवश्यक रहेको बताउनु भएको छ । काँग्रेस बाँकेको पार्टी कार्यालयमा मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले हारेपछि लोकतन्त्रको हार हुने भएकाले सबै पार्टी पंक्ती यतिखेर चुनावी अभियानमा सक्रिय भएर लाग्न...

  • news

    उम्मेदवार माथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटि : प्रधानमन्त्री देउवा

      नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार माथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा निकाय थप चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालगञ्जमा आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच स्वस्थ...

  • news

    बाँकेको बिकाशकालागि पशुपतिदयाल मिश्रको गुरुयोजना

      नेपालगंज : आइतबार २६ कार्तिक २०७४ / बाँके निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगंजलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने प्रतिवद्धता जाहेर गर्दै चुनावी मैदानमा उत्रिनु भएको छ । उहाँले आफ्नो प्रतिबद्धाता पत्रमा भन्नु भएको छ,‘ स्वदेशी तथा भारतीय पर्यटकलाई लक्षित गरी बाँकेमा रहेका धार्मिक सांस्कृतिक र...

  • news

    गफ हैन, काम गरेरै देखाउँछु : इस्तियाक राई

      नेपालगंज : आइतबार २६ कार्तिक २०७४ / संघीय समाजवादी फोरम नेपालका बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इतियाक राईले आफूले आश्वासनमात्रै नभइ काम गरेर देखाउने बताएका छन् । चुनावी अभियानका क्रममा अहिले आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका राईले भने ‘जतिपनि जनताको कुरा सुनेको छु, सबैको एउटै गुनासो छ सबै चुनावका बेला आउँछन् र गफमात्रै दिन्छन् भन्ने तर, म गफ हैन...

  • news

    विकास र समृद्धिका लागि वाम गठबन्धन : एमाले उपाध्यक्ष गौतम

      बर्दिया : शनिबार २५ कार्तिक २०७४ / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताउनु भएको छ । गुलरिया नगरपालिकाको वडा नं ११ र १२ मा आयोजित वडा स्तरीय चुनवी भेलालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउनका लागि गठबन्धन आवश्यक रहेको हुँदा वाम गठबन्धनलाई जनताले मत दिनु पर्ने बताउनु भएको हो । पटक पटक बहुमत...

  • news

    पूर्व अर्थमन्त्री पुन चढेको गाडी एम्बुसमा

      रोल्पा : शनिबार २५ कार्तिक २०७४ / माओवादी केन्द्र नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको जीप एम्बुसमा परेको छ । वामगठबन्धन तर्फका उम्मेदवार पुन सवार बा १५ च ८६२८ नम्बरको जीपमा आज बिहान १० बजेर ३५ मिनेट जाँदा बम बिस्फोट गराइएको बताईएको छ । पूर्वमन्त्री पुन सुकिदह गाउँपालिकामा चुनावी सभा सकेर फर्किदै गर्दा माडीगाउँपालिका वडा नं. १ को भित्तावाङमा विस्फोट भएको हो ।...

  • news

    अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा नगर्नु : प्रधान न्यायाधीश पराजुली

      दाङ : शनिबार २५ कार्तिक २०७४ / सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा गर्न नहुने बताउनुभएको छ । दाङ देउखुरी जिल्ला अदालतको भवन शिलन्यास पछि आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले कतिपय दलले चुनावी सभा सम्बोधन गर्ने क्रममा अदालत र संविधानलाई गाली नगर्न सचेत गराउनु भएको हो । व्यक्ति...

  • news

    नेपालगंजमा चहल्लम आज मनाईदै

      नेपालगंज : शनिबार २५ कार्तिक २०७४ / मोहर्रम पर्व पछि मनाइने चहल्लम पर्व विविध कार्यक्रम गरि आज र भोलि आइतवार गरि २ दिनसम्म मनाइने भएको छ । मोहर्रम पर्व जस्तै यस पर्वमा पनि भाकलको ताजिया स्थापित गरि रातभरि जाग्राम बस्ने परम्परा रहेको छ । यस अवसरमा आज रातभरि चहल्लमका कार्यक्रम अन्तर्गत भव्य जुलुस नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसैगरि दोस्रो दिन आइतवार दिउसो २...

  • news

    मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन वाम गठबन्धन कार्यकर्ताहरुलाई निर्देशन

    नेपालगंज : शनिबार २५ कार्तिक २०७४ / वाम गठबन्धन क्षेत्र नं. २ नेपालगन्जले शनिबार संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेको छ । वाम गठबन्धनका नेताहरुले संयुक्त उम्मेद्वारलाई जिताउन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादवले महान् उद्देश्यका साथ दुई पार्टी एकीकरणको चरणमा पुगेकाले आगामी चुनावमा दुई...