• news

    ब्रिटिश संसद् भवनमा हमला प्रयास : पाँचको मृत्यु, ४० घाइते : विश्वका नेताहरुद्धारा निन्दा

    बिहिबार १० चैत्र २०७३ / ब्रिटिश संसद् भवनमा हमला प्रयास भएको छ । लण्डन स्थित ब्रिटिश संसद भवननिर भएको आतंकवादी हमलामा एक प्रहरी र एक हमलाकारी सहित कुल पाँच जनाको मृत्यु भएको छ ।  घटनामा ४० जना घाइते भएका छन् । एकजना हमलाकारीले आफू चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए ।   लण्डनमा भएको आतंकवादी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् ।...

  • news

    चीनका रक्षा मन्त्री आज नेपाल आउँदै

      बिहिबार १० चैत्र २०७३ / चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमन्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।    प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले...

  • news

    प्रधानमन्त्री प्रचण्ड आज चीन भ्रमणमा जाँदै

      बिहिबार १० चैत्र २०७३ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जादै हुनुहुन्छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति प्रधानमन्त्री चीनको हाइनान प्रान्तको बोआओ सहर प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी तथा...

  • news

    मानव वेचविखन रोक्न गाउँघरमा जनचेतना आवश्यक : प्रजिअ रविलाल पन्थ

      नेपालगंज : बुधबार ९ चैत्र २०७३ / मानव वेचविखन तथा ओसारपसाल समिति र स्थानिय समिति समेतको अन्तक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । माइती नेपाल र मानव वेचविखन नियन्त्रण समिती बाँकेको आयोजनामा भएको कार्यक्रमको सहयोग अष्ट्रेलियन दुतावासले गरेको अन्तरक्रिया कार्यक्रममा स्थानिय सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।    अन्तरक्रिया...

  • news

    सिस्टम पद्धती र प्रणाली लैजान सके सहकारी कहिल्यै नडुब्ने

      नेपालगंज : बुधबार ९ चैत्र २०७३ / आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नाराका साथ आजदेखि नेपालगन्जमा ५ दिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । जिल्ला सहकारी संघ बाँकेको आयोजना र जिआइजेडको आर्थिक सहयोगमा आजदेखि १३ गतेसम्म सहकारी व्यवस्थापन तालिम सुरु भएको हो ।    तालिमको उद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय नेपालगन्जका निमित्त...

  • news

    एकलैनी बजारमाको कस्मेटिक पसलहरुमा छापा, प्रहरी विरुद्ध नारावाजी

      नेपालगंज : मंगलबार ८ चैत्र २०७३ / नेपालगन्जको एकलैनी बजारमा प्रहरीले सामान नियन्त्रण गरेको विषयमा मंगलवार केहीवेर विवाद भएको छ । एकलैनी बजारमा प्रहरीले एक्कासी छापाहानी व्यापारीको सामान उठाएपछि विवाद मच्चिएको हो । जिल्ला प्रशासन लगायतका टोलीले एकलैनी बजारमा अनुगमनका क्रममा नेपाल सरकारले लगाएको व्याण्ड सामान नियन्त्रणमा लिएपछि विवाद मच्चिएको प्रहरीले जनाएको छ...

  • news

    मटेहिया घटनाका दुवै मृतकका परिवारलाई १० /१० लाख क्षतिपुर्ती हस्तान्त्रण

      नेपालगंज : मंगलबार ८ चैत्र २०७३ / बाँकेको मटेहिया गाविसमा मसिंर २७ गते भएको हिंसक झडपमा परि उपचारका क्रममा निधन भएका मौलाना वजहुल कमर खाँन र मुनिजर खाँनका परिवारलाई सरकारले दस दस लाख रुपैयाँ क्षतिपुर्ती दिएको छ ।   जिल्ला प्रशासन कार्यालय बाँके मार्फत आज एक कार्यक्रम बिच जिल्ला प्रमुख अधिकारी रविलाल पन्तले  लक्ष्मणपुर निवासी ४५ वर्षीय मृतक मौलाना वजहुल कमर खाँनकी...

  • news

    राप्रपाका नेताकार्यकर्ता र प्रहरीबीच झडप, बाँकेमा पनि ज्ञापनपत्र बुझाइयो

      सोमबार ७ चैत २०७३ / निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने आयोगको निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।    शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको...

  • news

    स्थानिय निर्बाचन पछी एमाले देशकै पहिलो पार्टि बन्ने : एमाले अध्यक्ष ओली

      नेपालगन्ज : शनिवार ५ चैत २०७३ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको स्थानिय निर्बाचन पछी एमाले देशकै पहिलो पार्टि बन्ने दाबि गर्नुभएको छ ।    नेकपा एमाले प्रचार बिभाग बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानयि निर्बाचन पछी सत्ता समिकरणका लागी एमालेले कसैसंग गुहार माग्नु नपर्ने बताउनुभयो...

  • news

    बर्तमान सरकार आस र त्रासकै भरमा : एमाले महासचिव पोख्रेल

      नेपालगन्ज : शनिवार ५ चैत २०७३ / नेकपा एमालेका महासचिव ईस्वर पोख्रेलले संविधान मान्दिन भन्ने तर, संविधान अनुरुपनै संसदमा हराउन र जिताउन जानेहरुले मुलुकलाई अस्तिरता तिर धकलेको बताएका छन् । शनिबार बिहान नेपालगन्जमा प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन ।    ‘संसदमा हराउन जिताउन जाने तर, संविधान मान्दीन भनेर...

  • news

    हात्तीपाईले औषधि सेवनको पहिलो दिन बाँकेमा उत्साहजनक सहभागिता

      बाँके : शनिवार ५ चैत २०७३ / राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ  । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।   पहिलो दिन शनिबार बाँकेमा उत्साहजनक सहभागिता देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले...

  • news

    राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइयो, निर्वाचन आयोगको निर्णयले राप्रपामा हंगामा

      काठमाडौं : शुक्रबार ४ चैत २०७३ / निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेखित ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ बाक्य हटाइदिएको छ । कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न‘’ भन्ने वाक्यांश छ । यसैगरी विधानको धारा पाँचमा...

  • news

    निर्वाचन तयारीबारे आयोगद्धारा सरकारलाई जानकारी

      काठमाडौं : शुक्रबार ४ चैत २०७३ / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको छ ।    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ७ सय ४४ स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि...

  • news

    मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको ओलीको दावी

      धनगढी : शुक्रबार ४ चैत २०७३ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।    मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित...

  • news

    नगरलाई सफा, खुलादिसामुक्त र सडक व्यवस्थित गर्ने अभियान सशक्त रुपमा बढाईने : चापागाई

      नेपालगंज : शुक्रबार ४ चैत २०७३ / नेपालगंज उप महानगरपालिकाले नगरको सरसफाई, फुटपाथ र सडक अक्रिमणलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउँदैछ । उप महानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले नगरलाई खुला दिसामुक्त बनाउने अभियानलाई सशक्त रुपमा अघि बढाइएको जनाउनु भयो ।    चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ राजश्व असुल गर्ने लक्ष लिएपनि चालु आर्थिक बर्षको...