• news

    आफुखुसी राहात वितरण गर्न सरकारको रोक

      सोमबार ३० साउन २०७४ / सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा मनपरी रुपमा राहत वितरण गर्न एनजीओ, आइएनजीओहरुलाई रोक लगाएको छ । आज बिहान बसेको केन्द्रीय दैवीप्रकोप उद्दार समितिको बैठकले आफुखसी राहातका सामान वितरण गर्न रोक लगाउने निर्णय गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । त्यसका लागि समाज कल्याण परिषद् र अर्थ सचिवलाई आवश्यक निर्देशन पनि सरकारले दिएको छ...

  • news

    उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको एमाले नेता खनालको आरोप

      सोमबार ३० साउन २०७४  / नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दा समेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपालशाखा सुर्खेतले आज वीरेन्द्र नगरमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले साठी भन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदा समेत सरकारले...

  • news

    बाँकेमा बाढीले घर भत्किदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

      नेपालगंज : शनिबार २८ साउन २०७४ / शुक्रबारदेखि अविरल परेको पानीका कारण आएको बाढीले बाँकेमा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ । भने एक जना पुरुषको समेत शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार बाँके राप्ती सोनारी–४ लालपुरमा राप्तीनदीमा आएको बाढीमा परेर डुवेको अवस्थामा एक पुरुषको शव भेटिनुको...

  • news

    देवेन्द्र पौडेलसहित १५ लाई सोध्यो स्पष्टिकरण

      शुक्रबार २७ साउन २०७४ / देवेन्द्र पौडेलसहित १५ नेतालाई नयाँ शक्ति पार्टीले स्पष्टिकरण सोधेको छ । पौडेलसहितका नेताहरुले आफू निराश भएको भन्दै पूर्व माओवादीहरुबीच ध्रुविकरण गर्न आहृवान गरेका थिए । पार्टी बैठकमा कुनै फरक मत नराखेको तर, पत्रकार सम्मेलन गरेर पार्टीको विचार, नेतृत्व र कार्य दिशाबारे भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले २४ घन्टे स्पष्टिकरण...

  • news

    राजपा र सरकारबीच सहमति

      शुक्रबार २७ साउन २०७४ / राष्ट्रिय जनता पार्टी र सरकारबीच संविधान संसोधन प्रस्ताबको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको दुई पक्षका नेताहरुविचको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको हो ।  यो सहमतिले अव मधेशमा राजपासहितको चुनाव करिव सुनिश्चत भएको छ । छलफलमा राजपा नेताहरुले...

  • news

    थारु पत्रकारले खुवायो जनप्रतिनिधीहरुलाई दर

      भगतराम थारु नेपालगन्ज : शुक्रबार २७ साउन २०७४ / थारु पत्रकार संघ नेपाल बाँकेले शुक्रवार नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनीधिलाई बधाई कार्यक्रम गरेको छ ।  तिजको अवसरमा दर खाने कार्यक्रम गरे जस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अटवारी पर्वको अवसरमा संघले भिन्सरिया कार्यक्रमको आयोजना गरेको हो ।  थारु पत्रकार संघ बांकेको आयोजनामा...

  • news

    राष्ट्रिय खेलकुद प्रतियोगिताको बिषयमा छलफल

      नेपालगन्ज : शुक्रबार २७ साउन २०७४ / नेपालगन्जमा हुने आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि नेपालगन्जका मेयर र उपमेयरलाई ध्यानाकर्षण गराईएको छ । आगामी २०७५ सालमा नेपालगन्जमा आयोजना हुने उक्त प्रतियोगताका लागि क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका अध्यक्ष तथा पदाधिकारीहरु सहितको टोलीले शुक्रबार ध्यानाकर्षण गराएका हुन । क्षेत्रीय अध्यक्ष भीम...

  • news

    संविधान संशोधन बेमौसमको बाजा : एमाले नेता खनाल

      बिहिबार २६ साउन २०७४ / नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ । “यो बेमौसमको बाजा हो, संविधान कार्यन्वयनका बेला संशोधन प्रस्ताव पारित हुनै सक्दैन”उहाँले भन्नुभयो ।  इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कलमा आज आयोजित कार्यक्रममा नेता खनालले राजपालाई चुनावमा भाग लिन आग्रह गर्दै माघ ७...

  • news

    बालविवाह विरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ

      बिहिबार २६ साउन २०७४ / बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियान शुरु भएको छ ।  राजधानीमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेर अभियानको शुरुवात  गर्नुभएको हो ।     सन् २०२१ सम्म सञ्चालन हुने ५ वर्षे अभियान सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपाल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र...

  • news

    छाउपडी प्रथा अब दण्डनीय

      बिहिबार २६ साउन २०७४ / छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को हिजोको बैठकले यो विधेयक पारित गरेको हो ।  विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू हुनेछ ।...

  • news

    साउनभित्रै कानुन नभए निर्वाचन गर्न कठिन : निर्वाचन आयोग

      बिहिबार २६ साउन २०७४ / निर्वाचन आयोगले भदौ १ गतेसम्म निर्वाचनको मिति घोषणा नभए आउँदो माघ ७ गतेसम्म दुई तहको निर्वाचन गर्न नसक्ने जनाएको छ । आयोगले भदौ १ गते भित्र सबै किसिमको निर्वाचन कानुन तयार पारि मिति समेत घोषणा गरिसक्न सरकारलाई आग्रह गरेको थियो । यदि यसो हुन नसके माघ ७ गते भित्र गनुर््पर्ने २ ओटा निर्वाचनमा सिधै असर पर्ने आयोगका प्रवक्ता सुर्य शर्माले जानकारी...

  • news

    पूर्वमा ७३ प्रतिशत मात्र धान रोपाइँ

      विराटनगर : बुधबार २५ साउन २०७४ / साउन महिना सकिनै लाग्दा समेत यो वर्ष पुर्वमा ७३ दशमलव ८९ प्रतिशतमात्र रोपाई भएको छ । समयमानै पानीनपर्दा ४ लाख ७८ हजार ५ हेक्टरमध्ये हाल सम्म ३ लाख ५३ हजार २ सय ९ हेक्टरमा रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पुर्वि उच्च पहाडी जिल्लाताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ८८ दशमलव७४ प्रतिशतधान रोपाइँ भएको छ । यस्तै मध्य...

  • news

    स्वाइन फ्लुबाट १० को मृत्यु , सरकार भन्छ रोग नियन्त्र बाहिर छैन

      काठमाडौँ बुधबार २५ साउन २०७४ / स्वाइन फ्लूका कारण १० जनाको मृत्यु भएको छ । पोखराका तीन र झापाका दुई तथा स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं, ललितपुरका एक एक जनाको मृत्यु भएको छ भने ३६१ जनामा एच वान एन वान पीडीएम ०९ को संक्रमण देखिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनफ्लु) का कारण हालसम्म ३८१ बिरामी...

  • news

    देशभरका सरकारी चिकित्सकहरु आन्दोलनमा

      बुधबार २५ साउन २०७४ / डा. गोविन्द केसीको समर्थनमा आज चिकित्सकहरुले दवाव कार्यक्रम गर्ने भएका छन् । केसीको जीवनरक्षाको अपिलसहित आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रदैछन् । विरोधस्वरुप उनीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ (गोडान) ले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य...

  • news

    जिल्ला समन्वय समिती दोलखा र पाल्पामा एमाले विजयी

      बुधबार २५ साउन २०७४ /  विभिन्न जिल्लामा जिल्ला समन्वय समितिको चुनाव धमाधम भइरहेका छन् । दोलखामा हिजो भएको चुनावमा जिल्ला समन्वय समिति दोलखामा नेकपा एमालेको समूह नै विजयी भएको छ । समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचनमा कूल १८ मतमध्ये एमालेको समूहले १४ र काँग्रेस–माओवादीको गठबन्धनले चार मत प्राप्त गरेको...